कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न सकिन्छ : मन्त्री भुसाल
इलाम । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिजन्य सामग्री गुणस्तरीय भएमा मात्र प्रतिष्पर्धा गर्न सहज हुने बताएका छन्। वस्तुमा गुणस्तरीय कायम गर्न नसकिएमा प्रतिष्पर्धा गर्न नसकिने र माग घट्ने मन्त्री भुसालको भनाइ छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा चियाको व्यापार चिन्ह (ट्रेडमार्क) विभिन्न चिया उद्योगलाई हस्तान्तरण गर्दै मन्त्री भुसालले व्यापार चिन्ह हुँदा मात्र बाहिरी मुलुकसँग प्रतिष्पर्धा गर्न र गुणस्तर कायम गर्न सहज हुने बताए ।
उनले मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानका लागि कृषि क्षेत्र मुख्य रहेको जानकारी दिए । “हामीले समृद्धिको दिशामा फड्को मार्नका लागि कृषि मुख्य क्षेत्र हो” मन्त्री भुसालले भने,“अबको तीन वर्षमा कृषिमा भएको दलाल पूँजीवादलाई समाप्त पार्छौैं ।” उनले चिया उद्योग टिकाउनका लागि आर्थिक सहुलियत दिने बारेमा छलफल भइरहेको जानकारी गराए । उनले अब राज्यले व्यक्तिगत रूपमा दिइने अनुदानका कार्यक्रमलाई रोकेर सामूहिक र संस्थागत अनुदानलाई प्राथमिकता दिइने बताए ।
सो अवसरमा ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ नामक चियाको लोगो इलाम र झापाका १२ वटा उद्योगलाई हस्तान्तरण गरिएको थियो । यस्तै गोर्खा टी स्टेट, नेपाल स्मल टी, तारागाउँ टी स्टेट र ओएएचआइएस टी स्टेटले ट्रेडमार्क पाएका छन् । जस्बिरे टी स्टेट, हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रालि, उच्च पहाडी चिया सहकारी र साखेजुङ टी स्टेटलगायतका चिया प्रशोधन उद्योगलाई लोगो हस्तान्तरण गरिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment