कञ्चनपुरबाट दैनिक १५ सयको हाराहरीमा नेपाली कामदार भारत जाँदै

डिसी नेपाल
१३ असोज २०७७ १४:३४

कञ्चनपुर । कञ्चनपुरबाट पछिल्लो हप्तादिनमा ९ हजार ६ सय ३७ जना नेपालीहरु भारततर्फ गएका छन्। भारतमा कोरोना भाइरसको स्थिति उच्च जोखिमपूर्ण भएपनि चाडबाडको मुखमा नेपालीहरु कामका लागि भारत जाने लर्को लागेको छ।

जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो समय दैनिक १५ सयको हाराहारीमा नेपाली कामदार भारत गइरहेका छन्। यस्तै भारतबाट नेपाल भित्रिनेहरु दैनिक ३ सयको हाराहारीमा रहेका छन्।

जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरको असोज ६ गतेदेखि १२ गतेसम्मको तथ्यांकमा जम्मा २ हजार २ सय ७४ जना मानिसहरु भारतबाट नेपाल भित्रिएका छन्।

असोज ६ गते १७ सय २९ जना मानिसहरु भारततर्फ गए भने ३ सय १२ जना नेपाल भित्रिएका छन। यस्तै ७ गते १४ सय ४ जना भारततर्फ गए भने ४ सय १७ जना नेपाल भित्रिए। असोज ८ गते ११ सय ६ जना भारततर्फ गए भने ४सय ८ जना नेपाल आएका छन्। ९ गते १३ सय ३०जना भारत गए भने ३ सय ४७ जना नेपाल आएका छन्।

१० गते १५ सय २१ जना भारततर्फ गए भने २ सय ६० जना नेपाल आए। ११ गते १४ सय ८ जना भारत गए ४ सय १० जना नेपाल आए यस्तै १२ गते ११ सय १६ जना भारत गएका छन भने १ सय २० जना नेपाल आए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *