मलेसियामा बसेर गुण्डागर्दी गरेको अभियोगमा व्यवसायी डेबिट पक्राउ

डिसी नेपाल
१४ असोज २०७७ १०:१९
20
Shares

काठमाडौं। मलेसियमा गुण्डागर्दी गरेको अभियोगमा व्यवसायी डेबिट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार मलेसियामा बसेर गुण्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी छ। श्रेष्ठले मलेसियाकाे केलाङमा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान गरिने डिआइजी थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *