पाँच नम्बर प्रदेशको राजधानी भालुबाङ र नाम लुम्बिनी दुई तिहाइ बहुमतले पारित, काँग्रेस सदस्यहरुद्वारा ह्वीप उल्लंघन

डिसी नेपाल
२० असोज २०७७ १७:०२
768
Shares

काठमाडौं। प्रदेश नम्बर पाँचको राजधानी दाङको भालुबाङ नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ।

मंगलबार बसेको पाँच नम्बर प्रदेशसभा बैठकले प्रदेश पाँचको राजधानी दाङको भालुबाङ  र नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो।

८७ सदस्यीय प्रदेशसभामा ८२ मत खसेको थियो। दाङको भालुबाङमा राजधानी राख्ने प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो।
यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको छ।

राजधानीका विषयमा काँग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि सो पार्टीका विधायकहरुले ह्वीप उल्लंघन गर्दै सरकारको प्रस्तवको पक्षमा मतदान गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *