सिरहामा कर्फ्यूबीच झडप, ब्यारेकबाट निस्कियो सेना

डिसी नेपाल
१४ साउन २०८३ १५:३८

लहान । सिरहामा तनाव बढेपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ।

कर्फ्यू आदेशका बाबजुद प्रदर्शन जारी रहनुका साथै सुरक्षा निकायसँग झडप हुन थालेपछि लहान र गोलबजार क्षेत्रमा सेना ब्यारेकबाट निस्किएर परिचालन भएको हो।

दिनभर प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप भइरहँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै चेतावनीस्वरूप केही राउन्ड हवाई फायरसमेत गरेको छ।

सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर मधेशका जिल्लाहरूमा सुरक्षा चुनौती थपिएको छ भने धार्मिक तथा साम्प्रदायिक तनाव बढ्ने संकेत देखिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था थप कडा पारेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *