११ जनाको लापरबाहीले १६० जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र

डिसी नेपाल
२४ असोज २०७७ २१:००
4.8k
Shares

काठमाडौं। दक्षिण कोरियाबाट शनिबार दिउँसो नेपाल आएकामध्ये ११ जनाको पीसीआर रिर्पोट नहुँदा १६० जना यात्रु विमानस्थलमा अलपत्र परेका छन्।

आसियान एयरलाइन्सबाट शनिबार दिउँसो नेपाल आएका मध्ये ११ जनाको पीसीआर रिपोर्ट नभएको भन्दै उनीहरुलाई विमानस्थलबाट बाहिर निस्कन नदिँदा अलपत्र परेका हुन्। विमानस्थल स्रोतका अनुसार ४ बजेर ४२ मिनेटमा ल्याण्ड भएको आसियाना एयरलाइन्सको ओज्यड ७६५३ फ्लाइटबाट आएका यात्रुमध्ये ११ जनाको पीसीआर रिपोर्ट नपाएइएको हो।

विमानस्थलमा अहिले पनि नाराबाजी चलिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने १०/११ जनाको रिपोर्ट नपाएकाले उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *