वडाध्यक्षले छिमेकीलाई मरणासन्न हुने गरी पिटेपछि …….

डिसी नेपाल
२६ असोज २०७७ ११:४५
488
Shares

सिन्धुली । सिन्धुलीको गोलंजोर गाउँपालिकाको २ नम्बर वडाका वडाध्यक्ष दौलत कार्कीले स्थानीय ध्रुव कार्कीलाई शनिबार राति मरणासन्न हुने गरी कुटपिट गरेका छन् । अध्यक्ष कुटपिटले शशिरभरि निल परेको छ ।

चिकित्सकहरुले उनको टाउकोमा असर परेको हुनसक्ने बताएका छन् । पीडित ध्रुवको राजधानीको माइतीघरस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको उनका भतिजा हरिकिशोर कार्कीले जानकारी दिए ।

वडाध्यक्ष दौलतले गोलंजोर गाउँपालिका वडा नम्बर २ वितिजोर भरी आतंक मच्चाउँदै आएका छन् । गोलंजोर गाउँ पालिकाका प्रबक्तासमेत रहेका वडाध्यक्ष दौलतले सार्बजनिक जग्गा अतिक्रमण गर्ने, आफ्ना विरोधीहरुलाई शारीरिक आक्रमण गर्ने, धम्क्याउने गर्दै आएका छन् ।

जनप्रतिनिधि स्वयं वडाभर आतंक मच्चाउँदै हिँडेका छन्,ु एक स्थानीय बासिन्दाले भने, “न्याय दिनु पर्ने ब्यक्ति आफैं जनतालाई सताउँदै हिँड्छ भने न्याय माग्न कहाँ जाने ?”
कुटपिटबाट सख्त घाइते ध्रुव कार्कीलाई स्थानीय ग्वाल्टार स्वास्थ्य चौकीमा सुरुमा भर्ना गरिएको थियो । कुटाइबाट टाउकोमा चोट लागेकाले उनले बान्ता गरेका थिए । त्यसपछि त्यहाँ उपचार हुन नसक्ने भन्दै चौकीले काठमाडौं लैजान सल्लाह दिएको थियो ।

“म टिभी हेरेर बसिरहेको थिएँ”, पीडित ध्रुब कार्कीले भने, “तं मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिन । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन् ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *