कोरोना सङ्क्रमणबाट म्याग्दीमा थप एकको मृत्यु

डिसी नेपाल
५ कार्तिक २०७७ ९:०७
52
Shares

बेनी । म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मङ्गलवार राति ८ः२५ बजे मृत्यु भएको हो।

गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहेका उनको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *