डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डिसी नेपाल
५ कार्तिक २०७७ १०:२५
64
Shares

डाेटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो।

हिन्दू नेपालीहरुको महान चाड बडादशैँ नजिकिएसँगै कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए। उनले भने, “शक्तिपीठ र मन्दिरमा निश्चित पुजारीद्वारा सामान्य गरिने नित्यकर्मबाहेक अन्य सबै पूजा बन्द गरिएको छ, सबैलाई नियम पालना गर्न आग्रह गदर्छु ।”

निषेधित क्षेत्र घोषणा भएपछि यहाँका शक्तिपीठ र मन्दिरहरुमा भक्तजनको खासै चहलपहल नरहेको दिपायल सिलगढी नगरपालिका–३ का भरत द्धारियाले बताए । उनले भने, “कोरोनाले मान्छेमा त्यत्तिकै त्रास थियो, त्यसैमा प्रशासनले मन्दिरलगायत सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र बनाएपछि खासै चहलपहल छैन् ।”

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा नित्य पूजापाठबाहेकका अन्य सम्पूर्ण गतिविधि गर्न निषेध गरिएको पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *