प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिको हातबाट दशैंकाे टिका ग्रहण

डिसी नेपाल
१० कार्तिक २०७७ १५:४८
168
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयमा पुगी प्रधानमन्त्री ओली र उनकी धर्मपत्नी राधिका शाक्यले राष्ट्रपतिको हातबाट टिका र जमरा ग्रहरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यस अघिका दशैंमा राष्ट्रप्रमुखको हातबाट टिका थाप्नेहरु धेरै हुने भए पनि कोरोनाका कारण यो वर्षमा भने प्रधानमन्त्रीले मात्र राष्ट्रपतिको हातबाट टिका र जमरा ग्रहण गरेका हुन्। यस्तै प्रधानमन्त्रीले पनि श्रीमति राधिका शाक्यलाई मात्र दशैंको टिका र जमरा लगाइदिएका छन्।

कोरोनाका कारण दशैंमा भेला हुन असम्भव भएपछि प्रायः सबैले एकाघर परिवारमा मात्र टिका जमरा लगाएर यो वर्षको दशैं मनाएका छन्। सामाजिक सञ्जालमा सर्वसाधारणले पनि एकाघरमा मात्र दशैं मनाएको तस्वीरहरु सार्वजनिक गरेका छन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *