दिल निशानी मगरलाई भारतीय नम्बरबाट ज्यान मार्ने धम्की

डिसी नेपाल
१४ कार्तिक २०८३ १६:२१
52
Shares

काठमाडौं । इनाम सापकोटा विवादका विषयमा नलेख्न र नबोल्न चेतावनी दिँदै सामाजिक सञ्जालमा सक्रिय लेखक तथा स्तम्भकार दिल निशानी मगरलाई ज्यान मार्ने धम्की आएको छ। मगरका अनुसार आज बिहान भारतीय मोबाइल नम्बरबाट फोन गरी उक्त विषयमा कुनै पनि अभिव्यक्ति नदिन चेतावनी दिँदै ज्यान मार्ने धम्की दिइएको हो।

उक्त फोनवार्तापछि घटनालाई गम्भीरतापूर्वक लिँदै लेखक मगरले यसबारे प्रधानमन्त्रीका सल्लाहकार टोलीका वरिष्ठ सदस्यहरूलाई जानकारी गराइसकेको बताएका छन्। जनसरोकारका विषयमा निर्भीकतापूर्वक धारणा राख्न पाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै उनले कुनै पनि डर, धम्की वा दबाबका कारण आफ्नो अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचका क्रममा बाहिरिएका तथ्यका आधारमा ईनम सापकोटा अनुसन्धानको घेरामा तानिएका व्यक्ति हुन्। उच्च तहका प्रहरी अधिकारी, न्यायाधीश, राजनीतिक व्यक्तित्व, कानुन व्यवसायी तथा थुनुवाहरूसँगको असान्दर्भिक सम्पर्कका कारण उनीमाथि सूक्ष्म छानबिन भइरहेको छ।

यसैगरी, सापकोटाको विदेशस्थित सम्पत्ति, गैरकानुनी आर्थिक कारोबार तथा सुरक्षा निकायका अधिकारीहरूसँग भएको सूचना आदानप्रदानका विषयमा समेत सम्बन्धित निकायहरूले अनुसन्धान जारी राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *