पुरानो मेडिकल कलेजमा वृद्ध सङ्क्रमितको मृत्यु
सांकेतिक तस्वीर
चितवन । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।
कात्तिक ६ गते निमोनियासम्बन्धी उपचारका लागि अस्पताल ल्याइएका उनमा कात्तिक ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उहाँको शनिबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment