जुवा खालबाट १२ जना पक्राउ, दुई लाख बरामद
फाइल फाेटाे
भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायकमा माधव सुवालका घरमा जुवा तास खेलिरहेका अवस्थामा प्रहरीले आज १२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले सुवालसहितलाई पक्राउ गरेको हो ।
प्रहरी परिसर भक्तपुरका अनुसार जुवाखालबाट प्रहरीले रु एक लाख ९० हजार ५०० बरामद गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment