कोरोना सङ्क्रमितलाई हेलिकप्टर मार्फत उद्दार

डिसी नेपाल
२४ कार्तिक २०७७ १७:५५
24
Shares

गलकोट । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौ लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना भएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिए । उनलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *