हार स्वीकार गर्ने ट्रम्पको संकेत

डिसी नेपाल
२९ कार्तिक २०७७ १०:४९
512
Shares

काठमाडौं। निर्वाचन परिणाम प्रस्ट भएको करिब १ हप्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पराजय स्वीकार गर्ने संकेत गरेका छन् । शुक्रबार कोरोनाभाइरसका विषयमा मिडियासँग कुरा गर्ने क्रममा ट्रम्पले निर्वाचन परिणामबारे पनि कुरा गरेका हुन् । कुराकानीका क्रममा ट्रम्पले भने ‘यो समयले नै बताउनेछ कि म राष्ट्रपति रहनेछु वा छैन ।’ ट्रम्पको यो बयान यसकारण महत्वपूर्ण छ किनकि ट्रम्प र उृनको चुनावी अभियानले मतदान र मतगणनामा धाँधली भएको आरोप लगाउँदै कैयौं मुद्दा दर्ता गराइसकेका छन् ।

यसअघि मंगलबार विदेशमन्त्री माइक पोम्पियोले पनि ट्रम्प राष्ट्रपति पदमा कायमै रहने बताएका थिए । शुक्रबार ट्रम्पले पहिलो पटक यो मुद्दामा नरम रवैया अपनाएका हुन् । शुक्रबार ह्वाइट हाउसमा मिडियासँग कुरा गर्दै ट्रम्पले अमेरिकामा लकडाउन लागू नगरिने प्रस्ट पारे । उनले भने ‘यसको कुनै आवश्यकता छैन । केही हप्तामा हामीसँग भ्याक्सिन हुनेछ । यसको लागि सबै तयारी भइसकेको छ । आशा गर्छु अगाडि पनि सबै राम्रो हुनेछ । तैपनि कसैलाई थाहा छैन कि अगाडि के हुन्छ । कुन प्रशासन हुन्छ । मलाई लाग्छ यो प्रश्नको जवाफ समयले नै दिनेछ ।’

ट्रम्पसँग धेरै समय छैन । अर्को महिना इलेक्टोरल कलेजको बैठक हुने तय छ । यसअघि उनले हार स्वीकार गर्नुपर्नेछ । किनकि बाइडेनले अब एरिजोना र जर्जिया जितेर २९० भोटसम्म पुगिसकेका छन् । ८ डिसेम्बरमा इलेक्टोरल कलेजको बैठक र १४ डिसेम्बरमा मतदान हुनुपर्नेछ । यसअघि कानुनी कुराहरु सुल्झिइसक्नु पर्नेछ । अब ट्रम्पले छिटै बाइडेनलाई जीतको बधाइ दिएर ह्वाइट हाउसबाट विदा हुने तयारी गर्ने विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.