इटलीमा कोरोनाभाइरस नियन्त्रण बाहिर, अस्पतालमा पालो कुर्दाकुर्दै ट्वाइलेटमा ढलेर मरे बिरामी
काठमाडौं। इटलीमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणबाहिर पुगेको छ । पछिल्लो समय इटलीको एक अस्पतालको ट्वाइलेटमा एक जना बिरामीको शव भेटिएको भिडियो सार्वजनिक भएपछि इटलीको स्थिति दयनीय भइसकेको सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएसँगै अधिकारीहरुले केन्द्र सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
‘यी व्यक्ति मरिसके’ सार्वजनिक भएको भिडियोमा खिच्ने व्यक्तिले बोलिरहेको सुनिन्छ । यो भिडियो नापेल्सको कार्डरेली अस्पतालको आकस्मिक कक्षको भएको बताइएको छ । अर्का एक व्यक्ति नखाएका खानाले घेरिएर बेडमा लडेका देखिन्छन् । ‘यी व्यक्ति जीवित छन् कि मरिसके भन्ने हामीलाई थाहा छैन’ भिडियो खिचिरहेका व्यक्तिले भन्छन् ।
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार भिडियो सार्वजनिक भएपछि अस्पतालले एक वक्तव्य जारी गर्दै शंकास्पद कोभिड बिरामी अस्पतालको शौचालयमा मृत अवस्थामा भेटिएको पुष्टि गरेको छ । वक्तव्यमा उनको मृत्युको कारणबारे जाँच भइरहेको बताइएको छ । अस्पतालका प्रवक्ता राफेल नेस्पोलीले भिडियो अस्पतालको आकस्मिक कक्षमा खिचिएको पुष्टि गरे ।
यी व्यक्ति अस्पतालमा कोभिड–१९ को परीक्षण र उपचारको लागि आएको र अस्पतालमा पालो कुर्ने क्रममै उनको मृत्यु भएको बताइएको छ । यसअघि पहिलो लहरमा इटलीको उत्तरी क्षेत्र प्रभावित भएको थियो । अहिलेका केसहरु भने दक्षिणी इटलीबाट आइरहेकान छन् । दक्षिणी इटली तुलनात्मक रुपमा विपन्न र कम सुविधासम्पन्न अस्पताल भएको षेत्र मानिन्छ । बिहीबार इटलीका विदेशमन्त्री लुइगी डि माइयोले फेसबुकमा एक भिडियो जारी गर्दै दक्षिणी इटलीमा डाक्टर र नर्सलाई सघाउन सेनालाई जान आग्रह गरेका थिए ।







डिसी नेपाल








Facebook Comment