कानुनी लडाइँमा ट्रम्पलाई झट्का

डिसी नेपाल
२९ कार्तिक २०७७ १४:४५
576
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली भएको आरोपसहित अदालत पुगेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झट्का लागेको छ । ट्रम्पको लागि चुनाव प्रचारप्रसार गरेको कानुन व्यवसायी फर्मले पेन्सलभेनियामा ट्रम्पको मुद्दाबाट आफूलाई अलग गरेको छ ।

संघीय अदालतले ९ हजार ३ सय मेल इन भोटमा रोक लगाउन अस्वीकार गरेपछि यो कानुनी लडाइँ सुरु भएको थियो । यी तिनै मतपत्र हुन् जो पेन्सलभेनियामा मतदानको दिनभन्दा पछि पुगेका थिए । यी मतपत्र गणना नगर्ने ट्रम्पको माग अस्वीकार गर्दै न्यायाधीशले मतदानको दिनभन्दा पहिल्यै गएका मतपत्र मतदानको दिनभन्दा तीन दिन पछि आए पनि मान्य हुने फैसला सुनाएका थिए ।

पोर्टर राइट मोरिस एण्ड आर्थर फिलाडेल्फिया र अन्य काउन्टीमा ट्रम्पले मतपरिणामलाई चुनौती दिँदै हालेको मुद्दाबाट अलग भएको न्यूयोर्क टाइम्सले जनाएको छ । ‘यी सबै केसहरुमा कानुन व्यवसायीहरुले नैतिक दुविधाको सामना गरिरहेका छन्’ वाशिङटनका निर्वाचनसम्बन्धी वकिल जोन हार्डिन योङ्गले भने ‘उनीहरु संघीय नियम र प्रक्रिया विपरित गइरहेका छन् । कुनै पनि उजुरी कानुन र तथ्यमा आधारित हुनुपर्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.