पहिले बाइडेनलाई बधाइ दिन अस्वीकार गरेको चीनले अहिले बधाइ दिँदै के भन्यो ?
काठमाडौं। चीनले अन्ततः अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाइ दिएको छ । यसअघि भने चीनले बाइडेनलाई बधाइ दिन अस्वीकार गरेको थियो । शुक्रबार चीनको विदेश मन्त्रालयले जो बाइडेन र कमला ह्यारिसलाई बधाइ दिएको हो ।
Chinese Foreign Ministry spokesperson Wang Wenbin said on Fri that “We [China] respect the American people’s choice and extend congratulations to Mr Biden and Ms Harris. We also understand that the US election result will be decided in accordance with US laws and procedures.” https://t.co/WMmW6eUPso
— Global Times (@globaltimesnews) November 13, 2020
चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले शुक्रबार भने ‘हामी अमेरिकी जनताको फैसलालाई स्वीकार गर्छौं र जो बाइडेन, कमला ह्यारिसलाई बधाइ दिन्छौं । हामी बुझेका छौं कि अमेरिकी चुनाबको अन्तिम नतिजा त्यहाँको प्रक्रिया र कानुन अनुसार तय हुनेछ ।’







डिसी नेपाल








Facebook Comment