अल कायदाका उपप्रमुख र ओसामा बिन लादेनकी बुहारी मारिए

डिसी नेपाल
२९ कार्तिक २०७७ १७:३३
48.9k
Shares

काठमाडौं। आतंकवादी संगठन अल कायदाको दोस्रो स्तरका नेता अबु मोहम्मद मसरी उर्फ अब्दुल्ला अहमद अब्दुल्ला मारिएको खुलासा भएको छ । इजरायलको गुप्तचर संगठन मोसादले अब्दुल्लालाई मारेको हो । ५८ वर्षका अब्दुल्ला इरानमा बसिरहेका थिए । अब्दुल्लामाथि २२ वर्ष पहिले १९९८ मा अफ्रिकामा अमेरिकी दूतावासमा भएको बम आक्रमणका मास्टरमाइण्डलाई सहयोग गरेको आरोप थियो ।

न्यूयोर्क टाइम्सका अनुसार अब्दुल्लालाई इजरायलको खुफिया एजेन्सी मोसादको गोप्य दस्ताले मारेको हो । रिपोर्टअनुसार अमेरिकाको आदेशमा इजरायलका सिक्रेट एजेन्टले इरानमा अब्दुल्लालाई मारेका हुन् । अब्दुल्लालाई ७ अगष्टमै मारिएको थियो । रिपोर्टका अनुसार तेहरानमा अब्दुल्लासँगै उनकी छोरी पनि मारिएकी छिन् । अब्दुल्लाकी छोरी अल कायदा संस्थापक ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनकी विधवा हुन् ।

अब्दुल्लालाई मार्ने अभियानका अमेरिकाको भूमिका प्रस्ट भएको छैन । यद्यपि अमेरिकाले लामो समयदेखि उनको निगरानी गरिरहेको विश्वास गरिएको छ । अब्दुल्लाको नाम एफबीआइको १७० मोस्ट वान्टेड आतंकवादहिरुको सूचीमा सातौं नम्बरमा थियो । रिपोर्टका अनुसार अब्दुल्ला २०१५ देखि इरानको तेहरानमा बस्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.