भारतले पाकिस्तानमा आतंकवादी गठबन्धन बनाएको पाकिस्तानको आरोप

डिसी नेपाल
२९ कार्तिक २०७७ २१:२६
428
Shares

इस्लामावाद (एजेन्सी)। भारत र पाकिस्तानबीच सीमामा गोली चलेको एकदिनपछि शनिबार पाकिस्तानले भारतमाथि आतंकवादी गठबन्धन बनाएको आरोप लगाएको छ। पाकिस्तानीको राजधानी इस्लामावादमा शनिबार पत्रकार सम्मेलन गर्दै विदेशमन्त्री शाह महमुद कुरेशी र सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भारतले पाकिस्तानमा आतंकवादी गठबन्धन बनाएको आफूहरुसँग प्रमाण रहेको बताएका छन्।

उनलीहरुले पाकिस्तानमा हुने हरेक आतंकवादी आक्रमणमा भारत र उसको गुप्तचर एजेन्सीको संलग्नता हुने गरेको बताएका छन्।
स्मरणरोहस शुक्रबार भारत र पाकिस्तानबीच नियन्त्रण रेखामा भएको गोलीबारीमा दुईतर्फ केही सेना र आम नागरिकको मृत्यु भएको थियो।

भारतले आफ्ना ५ जना सेना र ६ जना सर्वसाधारण नागरिकको मृत्यु भएको र २३ जना सैनिक जवान घाइते भएको बताएको थियो। उता पाकिस्तानले पनि एकजना सैनिक जवान मारिएको र ५ जना सर्वसाधारण मारिएको बताएको थियो। दुबैदेशले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका थिए।

सीमामा तनाव भएको भोलिपल्ट शनिबार पाकिस्तानले पत्रकार सम्मेलन गरे भारतबारे विचार सार्वजनिक गरेको हो। पाकिस्तानी विदेशमन्त्री कुरेशीले भारतले पाकिस्तनमा अस्थिरता उत्पन्न गराएकोसमेत आरोप लगाएका छन्।

पाकिस्तानी विदेशमन्त्री कुरेशीले प्रयाःजसो प्रमाण माग्ने गरिएको भन्दै यो पटक अन्तर्राष्ट्रिय समूदाय सामु प्रमाणसहित उपस्थित भएको बताएका छन्। उनले भारतले पाकिस्तानमा के के गरिरहेको छ भन्ने प्रमाणहरुले पुष्टि गर्ने बताए। विदेशमन्त्री र सेनाका प्रवक्ताले केही दस्तावेजसमेत सार्वजनिक गरेको बीबीसीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.