महामारीको असरः पैसा जुटाउन एयरलाइन्स कम्पनीहरुले टिकटबाहेक सबैथोक बेचिरहेछन्

डिसी नेपाल
३० कार्तिक २०७७ १४:०८
936
Shares

काठमाडौं। महामारीका कारण उडानहरु सीमित भएसँगै विमान कम्पनीहरुको आर्थिक स्थिति निकै दयनीय भएको बेलामामा हङकङ र सिंगापुरबीच ‘ट्राभल बबल’मा नोभेम्बर २२ बाट उडान संचालन गर्ने सहमति भएपछि सिंगापुर एयरलाइन्सको शेयर मूल्य २१ वर्षयताकै सबैभन्दा उच्च विन्दूमा पुगेको छ । उता हङकङको क्याथे प्यासिफिक एयरवेजको शेयर मूल्य पनि २००८ यताकै उच्चतम विन्दूमा पुगेको छ । अर्कोतर्फ फाइजर र बायोएनटेकले विकास गरेको भ्याक्सिनको सफलताको समाचारले ब्लुमबर्ग वर्ल्ड एयरलायन्स इण्डेक्स पनि सोमबार ९.७ प्रतिशतले उकासिएको छ ।

पछिल्लो समय यस्ता केही सकारात्मक संकेतहरु देखिएको भए पनि वास्तवमा पछिल्लो समय हवाइ उडान व्यवसाय निकै संकटमा छ । अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा यस वर्षको सेप्टेम्बरमा ७३ प्रतिशतले गिरावट आएको र अन्तर्राष्ट्रिय उडान अघिल्लो वर्षको यही समयको तुलनामा १२ प्रतिशत मात्र संचालनमा रहेको अवस्थामा कम्पनीहरुले केही पैसा आर्जन गर्ने मुख्य बाटो भने पूरै बन्द छ । यो स्थिति अर्को वर्षसम्म पनि जारी रहने स्थिति देखिएको छ । यस्तोमा कम्पनीहरुले हवाइ टिकट त बेच्न सकिरहेका छैनन् तर केही पैसा आर्जन गर्ने अन्य वैकल्पिक बाटो भने अपनाइरहेका छन् ।

संकटको अवस्थामा कम्पनीहरुले अहिले कागजी ग्यारेन्टीहरु बेच्न थालेका छन् । ब्लुमबर्गको रिपोर्टअनुसार २०२० मा मात्रै एयरलाइन्स कम्पनीहरुले ८८ अर्ब डलर बराबरको ऋणपत्र जारी गरिसकेका छन् । यो भनेको एयरलाइन्स कम्पनीहरुले विगत ४ दशकमा संयुक्त रुपमा जारी गरेको ऋणपत्रको आधाभन्दा बढी हो । यसअघि विगत ४० वर्षमा एयरलाइन्स कम्पनीहले १ खर्ब ५३ अर्ब बराबरको ऋणपत्र जारी गरेका थिए । तर, अहिले भने फेब्रुअरीको अन्त्यपछि मात्रै एयरलाइन्स कम्पनीहरुले लिएको ऋण १ अर्ब २४ अर्बभन्दा बढी भइसकेको छ ।

पूँजीको क्षेत्रमा पनि समान तस्वीर देखिन्छ । जापान एयरलाइन्सले गत हप्ता मात्रै १.६ अर्ब डलर बराबरको शेयर जारी गर्ने योजना सार्वजनिक गरेको छ । यो एयरलाइन्सको अहिले भएको शेयरको करिब एक तिहाइ बराबर हुन्छ । सिंगापुर एयरलाइन्सले जूनमा जारी गरेको ६.५ अर्ब डलर बराबरको राइट्स इतिहासमै कुनै एयरलाइन्सले उठाएको सबैभन्दा ठूलो पूँजी मानिएको छ । २०२० मा मात्र उड्डयन उद्योगले जारी गरेको २७ बिलियन डलर बराबरको नयाँ शेयर यो उद्योगले पछिल्लो ६ वर्षमा संयुक्त रुपमा जारी गरेको शेयर पूँजी बराबर हो ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनले सामान्य अवस्थामा उड्डयन उद्योगले १ वर्षमा यात्रुहरुबाट उठाउने अनुमान गरेको २ खर्ब ४१ अर्ब डलर रकमको करिब २ तिहाइ हिस्सा एयरलाइन्स कम्पनीहरुले ऋणपत्र बेचेर र शेयर जारी गरेर उठाएका छन् । महंगो मूल्यका हवाइ उपकरणहरु भएका कम्पनीहरुले पैसा उठाउन अर्को उपाय पनि अपनाएका छन् । इजीजेटले यो महिना मात्रै आफ्ना ११ वटा हजाइजहाज भाडामा दिएर १७० मिलियन डलर उठाएको छ । एयर क्यानडाले गत महिना जहाज भाडामा दिएर ३६५ मिलियन डलर उठाएको छ भने विज एयर होल्डिङ र युनाइटेड एयरलाइन्स होल्डिङले पनि यही विधि अपनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.