कोरोना भ्याक्सिन सफल भएको घोषणासँगै बजारमा नक्कली भ्याक्सिन बेचिने खतरा

डिसी नेपाल
३० कार्तिक २०७७ १४:५९
432
Shares

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिन सफल भएको घोषणा भएलगत्ते बजारमा नक्कली भ्याक्सिन बेचिन सक्नेछ । जब कुनै पनि कोरोना भाइरस सफल भएको घोषणासहित त्यो भ्याक्सिन बजारमा बेचिने घोषणा गरिनेछ त्यसलगत्तै अपराधीहरुले बजारमा नक्कली भ्याक्सिन उतार्न सक्नेछन् । बेलायतको नेशनल क्राइम एजेन्सीका अधिकारीहरुले यस्तो चेतावनी दिएका हुन् ।

बेलायती अखबार इण्डिपेन्डेन्टको रिपोर्टअनुसार बेलायतका अधिकारीहरुले नक्कली कोरोना भ्याक्सिनको बिक्री रोक्नको लागि कारवाही सुरु गरिसकेका छन् । अधिकारीहरुका अनुसार महामारीको सुरुवाती समयमा अपराधीहरुले नक्कली पीपीइ किट समेत बेच्ने कोसिस गरेका थिए । बेलायतको नेशनल क्राइम एजेन्सीको इकोनोमिक क्राइम सेन्टरका महानिर्देशक ग्रेएम बिगरले भ्याक्सिनको विषयमा ठूलो आर्थिक घोटाला हुन सक्ने ठूलो खतरा उत्पन्न भएको बताएका छन् ।

भ्याक्सिन तयार भएसँगै नक्कली भ्याक्सिन बजारमा बेच्ने ग्याङ सक्रिय हुने उनले बताए । यसलाई रोक्नको लागि एजेन्सीले पहिले नै तयारी गरिरहेको उनले बताए । उनका अनुसार आपराधिक समूहले यसअघि पनि कोरोनाभाइरसका विषयमा विभिन्न आपराधिक कामहरु गरिरहेका छन् । उनीहरुले यसअघि नक्कली कोरोना टेस्ट किट पनि बेच्ने कोसिस गरेका थिए । अमेरिकान र बेलायतका अधिकारीहरुले भ्याक्स्नि निर्माण गरिरहेका संस्थानहरुमा पनि श्याकरले आक्रमण गरेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.