चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणले भारतलाई तनाव, राजधानीमा चिनियाँ जासुस ?

डिसी नेपाल
७ मंसिर २०७७ १२:२९

काठमाडौं। नेपाली कांग्रेसको झण्डामा हुम्लाबासीका नाममा सिमित समूहले शनिवार काठमाडौंको माइतीघरमा चीनविरोधी जुलुस प्रदर्शन ग-याे। झट्ट हेर्दा ज्यादै सामान्य घटना देखिए पनि योभित्र दुई छिमेकीको छटपटाहट पनि अन्तर्निहित छ भन्ने कुरा बुझ्दा भने धेरैलाई आश्चर्य लाग्न सक्छ।

विना कुनै लामो तयारी चिनियाँ रक्षामन्त्री वेई फिङ्ह नेपालको औपचारिक भ्रमणमा आउने तय भएपछि दक्षिणी छिमेकी मुलुक भारत सशंकित भएको छ। उच्च सुरक्षा स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट गलहत्याउन भएभरको बल लगाइरहेको भारतलाई ओली सरकारले चीनसँग कुनै दीर्घकालीन महत्वको र त्यसमा पनि सामरिक अर्थ राख्ने कुनै द्विपक्षीय सम्झौता वा समझदारी पो गर्ने हुन् कि भन्ने ठूलो आशंका छ।

यही आशंका मेट्न चीनका रक्षामन्त्री नेपाल भ्रमणमा आउने कार्यक्रम तय भए लगत्तै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाल सरकारका मुख्यसचिव शंकरदाश बैरागीसँग आकस्मिक भेट गरी चीनसँग हुनसक्ने सम्भावित कुराकानीबारे चासो राखेका थिए।चीनका रक्षामन्त्री नाेभेम्बर २९ मा नेपाल भ्रमणमा आउँदै छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट गलहत्याउन भएभरको बल लगाइरहेको भारतलाई ओली सरकारले चीनसँग कुनै दीर्घकालीन महत्वको र त्यसमा पनि सामरिक अर्थ राख्ने कुनै द्विपक्षीय सम्झौता वा समझदारी पो गर्ने हुन् कि भन्ने ठूलो आशंका छ।

नेपाली जनता चीन र उसका नेता नेपाल आएको मन पराउँदैनन् भन्ने सन्देश कुनै न कुनै हिसावले दिने तयारीमा नेपालस्थित भारतीय दूतावास लागेको जानकारी सुरक्षा निकायलाई आएको सुरक्षा स्रोतले बतायो।

राजधानीका सडकहरुमा चीनको हस्तक्षेपविरुद्ध जुलुस प्रदर्शन, हुम्लामा सीमा अतिक्रमण भएको भन्दै त्यसको प्रचार चिनियाँ रक्षामन्त्री वेईको भ्रमण अवधिहरुमा गराउने भारतीय योजना कसरी कार्यान्वयन हुन्छ त्यो यसै भन्न नसकिए पनि शनिवार कांग्रेसको झण्डा बोकेरा माइतीघर मण्डलामा एउटा सानो समूहले गरेको प्रदर्शनले ‘स्याल पनि कराउनु सिँगारी पनि हराउनु’ भन्ने उखानलाई चरितार्थ गरेको छ।

सुरक्षा निकायहरुले भने कुनै मधेशवादी दलको अगुवाईमा राजधानीमा चीनका रक्षामन्त्रीको भ्रमणका समयमा प्रदर्शन गर्ने आंकलन गर्दै आएका थिए। त्यसैले सुरक्षा निकायहरु शनिवारको यो प्रदर्शन र भारतीय राजदुतावासको योजनाका बीचमा कुनै तालमेल छ कि छैन भन्ने खोजीमा लागेका छन्।

किनकि, चिनियाँ रक्षामन्त्री तहको भ्रमण नेपालका लागि चीनको उच्च तहको भ्रमण हो र यो भ्रमणमा अवरोध आयो भने नेपालका सुरक्षा निकायहरुको असक्षमता देखिन्छ भन्ने ठम्याइमा सुरक्षा निकायहरु छन्।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयल नेपाल भ्रमणमा आई प्रधानमन्त्री ओलीसंग ३ घण्टा लामो गोप्यवार्ता गरेको कुराले चीन उच्चस्तरीय आकास्मिक भ्रमण तय गर्ने अवस्थामा आइपुगेको बताइन्छ।

वेईको भ्रमणको सन्दर्भलाई पारेर राजधानी काठमाडौंमा चिनियाँ जासुसहरु विभिन्न नाममा परिचालित भएको र ती जासुसहरु काठमाडौंको एभरेष्ट होटलमा नेपाल चीन सांस्कृतिक आदान प्रदानका नाममा दुईदिनअघि शुरु भएको फोटो प्रदर्शनी कार्यक्रममा सहभागिता जनाउने नाममा आएको हुनसक्ने आंकलन सुरक्षा स्रोतले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *