‘शान्ति दिदीको टेलरबाट ट्रेनिङ लिएर नै म सक्षम भएकी हुँ,

डिसी नेपाल
८ मंसिर २०७७ ११:५१

नुवाकोट। मैले अरु धेरैलाई टे«निङ दिएकी छु,’ नुवाकोट विदुरकी सविना डंगोलले भनिन्। ‘परिवार मेरै कमाइले धानेकी छु’ संघर्षका सुरुवाती दिनहरुमा पाँच रुपैयाँबाट आफ्नो व्यवसाय सुरु गरेकी नुवाकोटकी शान्ति प्रधानले सविना डंगोल जस्ता पाँच हजार जनालाई सिलाइकटाइको तालिम दिएकी छन्। जसमा करिव ३ सय भन्दा बढीले डंगोलले झैं आफ्नै व्यवसाय खोलेर अन्य महिलालाई सिलाइ क्षेत्रमा सक्षम बनाउदै आइरहेका छन्।

सविनामात्र होइनन् शर्मिला राई पनि प्रधानले सिकाएको सिलाई कटाइको तालिमका कारण आफूहरु सक्षम भएको बताइन्। राइले भनिन्, ‘दिदीको सहयोगले आफ्नो पहिचान बनाउन सफल भएकी छु, हामीलाई उहाँले सक्षम बनाउनु भयो हामिले अन्य थुप्रैलार्ई सक्षम बनाएका छौं।’

लामो समयदेखि सिलाई पेशामा नै संघर्ष गर्दै आएकी प्रधानले आफ्नो कमाइले १०÷१२ जना परिवारका सदस्य सम्हाल्नुुका साथसाथै अन्य महिलालाई समेत रोजारी दिएकी छन्। ‘लामो समयबाट यहाँ रोजगारी गर्दै आएकी छु, अन्य साथी तिहार बिदामा घर जानु भएको छ।’ टेलरमा काम गर्दै गरेकी लक्ष्मी प्रधानले इन्ची टेप काधमा मिलाउँदै भनिन्।

भनिन्छ, सन्तुष्टि नै खुशीको पहिलो श्रोत हो। उमेरले ५० कटेकी प्रधान आफ्नो पेशा र पारिश्रमिक प्रति कहिल्यै गुनासो नलागेको अनुभव प्रधान सुनाउँछिन्। ‘म सन्तुष्ट छु, कठिन समयमा पनि कहिल्यै गुनासो लागेन, जीवन खोज्नेले परिस्थितिलाई बुझ्न सक्नुपर्छ।’ उनले मुस्कुराउँदै बोलिन्।

महिला अधिकारका परिभाषा फरकफरक तरिकाबाट दिँदै आएपनि महिला वर्गले काचुली फेर्न नसकेको उनको अनुभव छ। महिलालाई घरबाट निस्कन रोक लागाइएको त्यस समयमा भन्दा त अहिले नै सहज लागेको प्रधानको अनुभव छ। ‘४० साल तिर कस्तो थियो होला छोरीको अवस्था, पेशा त परको कुरा घरबाट निस्कन पनि ठूलो लडाइ गर्नुपथ्र्यो।’ तिता अनुभवहरु प्रधानको अनुहार भरी थिए। ‘अहिले त धेरै स्वतन्त्र छौं हामी महिला पहिलाको तुलनामा,’ उनले भनिन्।

‘सुरुमा कहाँ सजिलो भयो र?’ आफ्ना दिनहरु सम्झिँदै प्रधानले भनिन्, ‘महिलाले खोलेको टेलर भनेर सबैले अपहेलना गर्ने, कोही नआउने सटरभाडा तिर्न समेत आपत परेको थियो। बिस्तारै मेरो सिलाईको प्रभाव पर्न थाल्यो।’

पारिवारको आर्थिक स्थिति निकै कमजोर भएको घरमा हुर्किएकी प्रधानको आत्मार्निभर बन्ने सपना भने उनले पूरा गरेकी छन्। ‘पारिवारिक स्थिती त थियो नै तर मलाइ महिला थिचोमिचोमा बाँच्न हुँदैन, आफ्नै कमाइमा बाच्नुपर्छ भन्ने सोच त्यतिबेला पनि थियो र त्यतिबेला नै मैलै एकल जीवन निर्णय गरेकी हुँ।’

कठिनाइले नै सफल प्राप्त गराउछ भन्ने भनाइ प्रधानको जीवनमा लागू भएको छ। ‘हिजो तिरस्कृत गर्न समाजले आज उदाहरण दिनुपर्दा मेरो नाम लिन्छन त्यो नै प्राप्ति हो,’ उनले भनिन्।

जीवनको तीन दशक आफ्नै व्यवसायमा बिताएकी उनलाई सिपबाट नै जीवन निर्वाह गर्न सहज हुने विश्वास रहेको छ। ‘प्छिल्लो समयका दिदिबहिनी पढाइ मात्र जीवन भनेर लाग्नुभएको छ,सँगसगै सिप पनि आवस्यक छ यो कुरालाई ध्यान दिनुस,’ उनले भनिन्, ‘अर्काको अगाडि गिर्न नपर्ने भनेकै आफ्नो सिप।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *