पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परी एक जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
८ मंसिर २०७७ १७:०७
376
Shares

कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छन् ।

पोखरा महानगरपालिका १८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा सोमबार
दिउँसो दुर्घटना हुँदा प्याराग्लाइडिङका पाईलट पोखरा महानगरपालिका २८ कालिका घर भई हाल लेकसाईड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएकी प्याराग्लाइडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *