बैतडी जिप दुर्घटना अपडेट : पेन्सन बुझेर फर्किएका ५ जनाको मृत्यु

डिसी नेपाल
९ मंसिर २०७७ १५:१९

धनगढी। बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दशरथचन्द नगरपालिकाका ७५ वर्षीया पावर्ती चन्द, ७० वर्षीया पावर्ती चन्द, ७७ वर्षीय भागिरथ पाण्डेय, ५८ वर्षीय कृष्ण लावड र सुर्नया गाउँपालिकाकी ७५ वर्षीया कालवती चन्दको घटना स्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा थप ४ जना घाइते छन्। उनीहरूको अवस्था पनि गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए।

भारतबाट पेन्सन बुझेर फर्किएकाहरू सवार जिप चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उनले जानकारी दिए। मङ्गलवार दिउँसो १ बजेतिर जिप दुर्घटनामा परेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *