काभ्रेमा चन्द समूहका ७० नेता कार्यकर्ता नेकपामा प्रवेश

डिसी नेपाल
१५ मंसिर २०७७ २३:०७
44
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा नेत्रविक्रम चन्द समूहका ७० नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका छन्।
बनेपामा आज आयोजित कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता गोकुलप्रसाद बाँस्कोटाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले दुःख गरेर बनेको पार्टी विभाजन नहुने बताएका छन्। एकले अर्कालाई लखेट्ने प्रवृत्ति छाडेर नेतृत्वले समझदारी राख्नुपर्नेमा उनले जोड दिए।

उनले आम–क्रान्ति र विद्रोह भनेको जनताका सम्पूर्ण अधिकार खोसिएका बेला मात्रै हुने पनि जनाए।

सो अवसरमा वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, बनेपा नगर प्रमुख लक्ष्मीनरसिं वादे, बनेपा जिल्ला नेता मुक्ति विष्ट, विनोद गौतम, रत्नकुश रञ्जितकारलगायतले नेकपामा नवप्रवेशीलाई शुभकामना दिएका थिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *