निर्मल पुर्जालगायत आरोहीहरूको निधनप्रति सरकारद्वारा गहिरो दुःख व्यक्त

डिसी नेपाल
१७ साउन २०८३ १६:१४

काठमाडौं । नेपाल सरकारले विश्वको १२औं अग्लो हिमाल ‘ब्रोड पीक’ आरोहणका क्रममा गएको हिमपहिरोमा परी प्रसिद्ध आरोही निर्मल पुर्जा ‘निम्स दाइ’सहितका आरोहीहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यही साउन १४ गते क्याम्प–२ बाट क्याम्प–३ जाने क्रममा गएको हिमपहिरोमा परी नेपाली आरोहीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको निधनले पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ।

घटनालगत्तै पाकिस्तानका निकायहरू र नेपाली टोलीको संयुक्त प्रयासमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म पुरबहादुर गुरुङ र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने अन्यको खोजी कार्य जारी छ।

दिवङ्गत आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासबाट आवश्यक सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ। सरकारले दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *