हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसकेः बाबुराम भट्टराई

डिसी नेपाल
१६ मंसिर २०७७ ०:३१

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसकेको बताएका छन्।

पछिल्ला दिनहरुमा देशका प्रमुख शहर र काठमाडौँमा गरिएका राजावादीहरुको प्रदर्शनको आलोचना गर्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।

सोमबार एक ट्वीट गर्दै डा भट्टराईले ती प्रदर्शनलाई ०१७ सलाका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिएका छन् ।

‘यो २१औं शताब्दी हो,सार्वभौम बनेका जनता फेरि दासतामा फर्कनेछैनन्।’ उनले भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *