जर्मनीमा कोरोनाको दोस्रो लहरमा आफैं संक्रमित भएपछि…

डिसी नेपाल
१६ मंसिर २०७७ १३:४५

पहिलो चरणको कोरोना लहरका बेला मार्च २०२० मा युरोपमा संक्रमण फैलिएसँगै जर्मनीमा पनि एक प्रकारको कोरोना नियन्त्रण अभियान भन्दै विविध क्षेत्र बन्द भए। चान्सलर एगेंला मर्केलले सकभर सबैलाई घरमा मात्र बस्न र घर बाहिर नजानु भनेकोले हामी निकै सजगताका साथ घरमै बस्यौं।

केही महिना त हामीमा रोगभन्दा डर बढी भयो तर सजग रहेर पहिलो कोरोना लहरमा मलगायत परिवार सकुसल रह्यौं। सेप्टेम्बरको अन्तिमबाट फेरि दोश्रो लहर शुरुसँगै विस्तारै अक्टोबरमा संक्रमण धेरै नै बढ्दै गयो। सरसर्ति हेर्दा पहिलो चरणमा भन्दा दोश्रो चरणको लहरबाट बढी प्रभावित भएको देखियो।

दोश्रो चरणसम्म आइपुग्दा कोरोना फैलावटको दर बढी तर डरचाहिं कम भएको आँकलन भयो। डराएर हुने पनि होइन तर सजग पनि हुनुपर्दैन भन्ने चाहिं हैन। जर्मनीसँगै विभिन्न देशका कोरोना संक्रमितको संख्या र ती देशमा परेका प्रभावहरुबारे नियमितरुपमा समाचार श्रोतहरुबाट जानकारी लिइरहेको थिएँ।

बिशेषत अमेरिकी राष्ट्रपतीय निर्वाचनको तातो बहसले पनि परिस्थितिलाई रन्काएको थियो। आम प्रजातन्त्र र लोकतन्त्रप्रेमीहरुले जो बाइडेनको उदय भएको हेर्न चाहन्थे, जुन पूरा पनि भयो। यसमा डोनाल्ड ट्रम्पको हारको कारण एकप्रकारको सन्की पारा र कोरोनालाई ख्यालख्याल ठान्ने एवं मास्क विरोधी क्रियाकलाप पनि हुन्।

यसरी सबै विषयहरुको बारेमा जानकारी लिने क्रममा मैले आफू पनि संक्रमित हुन सक्छु भनेर सोच्नै भ्याएको रहेनछु कि भन्ने यी हरफहरु लेख्दा अनुभूति भैरहेको छ।

हाम्रा ३ छोरीहरु सहित पाँच जनाको परिवार छ। २१ बर्षकी ठुली छोरी सोनामी पढाइका कारण हामीभन्दा २ सय किलोमिटर टाढा बस्छिन। उनी मेडिकल फिल्डकै विद्यार्थी भएकाले यो साल निकै व्यस्त भइन् ।

पहिले महिनाको २ पटक घर आउने गर्थिन् तर कोरोना महामारीपछि उनको कामको चाप र भौतिक दुरी कायम गर्ने हेतुले घर आउने क्रम अलि कम हुँदै गयो। साढे २ महिनासम्म पनि हाम्रो भेटघाट हुन नपाएपछि उनले अक्टोबर तेश्रो साता घर आउने जानकारी गराइन्।

स्वास्थ्य सेवा निकायले भनेको १० दिनमा हामी फेरि परीक्षणका लागि स्वाब दिन गयौं। हामीमा नेगेटिभ देखियो। तर छोरीहरु ४ दिन अझै निस्कन नहुने भनेकाले हामी पनि अझै क्वारेन्टाइनमा रह्यौं । १४ दिनपछि २ छोरीहरुको स्वाब परीक्षण गरियो। तर कुनै केही लक्षण नभए पनि ३ बर्षकी कान्छी चैं छोरीमा रिपोर्ट पोजिटिभ आयो।

अन्तिम अक्टोबरदेखि पढाइ सुचारु हुने जानकारी दिएर छोटो अवधिका लागि भएपनि उनी आउने भएपछि दशैंको समयमा सबै सँगै हुन पाउने आशामा खुसी भयौं। यद्यपि हाम्रो यसपाला दशैं मनाउने परिस्थिति थिएन।

आदरणीय ठूलोबुवाको निधनले शोकमा रहेका थियौं। तैपनि छोरी लामो समयपछि आउने कुराले खुशी थियौं र ढुक्क पनि थियौ कि छोरी मेडिकल फिल्डकै विद्यार्थी भएकाले कोरोनाका संभावित जोखिमबाट टाढा छिन र न्युनतम मापदण्ड सधैं पालना गरिरहेकी छिन्।

उनी आउनुअघि गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ, भौतिक दूरी, मास्क, पन्जा, स्यानिटाइजर प्रयोग अनिवार्य गरिएकोले सुरक्षित महसुसका साथ हामी उनको प्रतीक्षामा थियौं। यसअघि सधैं रेलमा आउने उनी यसपटक सार्वजनिक बसबाट यात्रा तय गर्दै थिइन्, मलाई चैं रेलबाट आए सुरक्षित हुने थियो कि भन्ने लागिरहेको थियो।

साँझ ७ बजे बस स्टेसनबाट छोरीलाई घर ल्याएँ। खाना सँगै खाएर, कोरोनालगायतका विषयमा गफगाफ गर्दै टेलिभिजन हेरेर बस्यौं। छोरी थाकेर आएको हुनाले सबैजना सुत्ने तरखरमा रह्यौं। माइली छोरी र जेठीसँगै सुत्न गए। कान्छीलाई लिएर हामी पनि लाग्यौं सुत्न।

भोलिपल्ट छोरीले हल्का खोक्न थालेपछि आमा चैं अलि सशंकित भइछिन्। मैले चैं परिक्षण रिपोर्ट पनि नेगेटिभ भएको र सामान्य रुखाखोकी हो भनेर खासै वास्ता गरिनँ। सामान्यतया युवा उमेरकालाई यसले खासै असर गर्दैन, यसो हाँछ्यू र रुखाघोकीले पार लगाउँछन् भन्थे। मैले मात्र नभएर अधिकांशले मैले भन्दा पनि सामान्य रूपमा बुझ्दथे।

त्यसैले होला पछिल्लो समय स्वास्थ्य सावधानीमा खासै ध्यान नगएकै हो। सगैं सबैजना भएकाले मिष्ठान्न भोजन तयार गर्यौं। २ दिनका लागि आएकी छोरीले मिठाइका परिकार भव्य तरिकाले बनाइन्। शुक्रबार र शनिबार रमाइलोसँग बित्यो। आइतबार छोरी अस्पताल फर्किइन्, सोमबारबाट त उनको क्लास नै सुरु हुने तालिका थियो।

छोरी फर्केपछि सोमबार दशैंको टिकाको दिन मनाउन नभए पनि हामी बायरथमा रहेका नेपाली परिवारहरु एक ठाउँमा जम्मा भएर खाना खाने योजना बनायौं। ५ मध्ये ४ परिवारको यसपालिको दशैं शोक परेका कारण खल्लो नै थियो तर पनि जे नहुनु भइसक्यो सँगै बसेर मिल्नेसम्मका मिठो मसिनो बनाएर खाऔं भन्दै लीलाराज कार्की दाइको परिवार र हाम्रो परिवारले सँगै खाना नास्ता तयार गरेर सकेको मिठो मसिनो बनाएर खायौं।

मान्छेले चाहेर र नचाहेर भाइरस आक्रमण हुने हैन, खै कताबाट कसरी आकस्मिक रुपमा सामान्य जीवनशैली बिताइरहेका बेला यसरी भाइरसको प्रवेश हुँदो रहेछ। अहिले कतिपयलाई कोरोना त केही हैन भन्ने खालको लागिरहेको छ, यो एकदम गलत बुझाइ हो।

मंगलबार विहान उठेसँगै छोरीले फोनमा, मेरा दुइजना साथीहरु कोरोना संक्रमित भएछन्, जसका कारण पुरै क्लासका विद्यार्थीहरु क्वारेन्टाइनमा छन्, हजुरहरु पनि सजग रहनुस् तर चिन्ता नगर्नुस भनिन्। उनीमा केही लक्षण पनि देखापरेको बताएपछि एकपटक मेरो दिमाग फनफनी घुम्यो, देश विदेशमा वितण्डा मच्चाएको कोरोना हाम्रो घरमा पनि छिर्यो भन्दै एक प्रकारले कता कता डर पलायो। कलिला छोरीहरु, आफू र परिवारको चिन्ता पक्कै लाग्ने रहेछ। तैपनि छोरीको परिक्षण रिपोर्ट कुरिरहेको थियौं।

प्राविधिक कारणले रिपोर्ट आउन केही दिन ढिला भयो, यद्यपि छोरीको रिपोर्ट पोजिटिभ आउनु पहिले नै हामी भने सजग भएर सोही दिनबाट एकान्तबासमा रह्यौं। जे नहुनु भैसक्यो, जेठी छोरीमा पोजिटिभ आइसकेपछि अब हामीबाट अरुमा सर्नु हुँदैन भनेर हामी घरभित्रै रह्यौ, सर्तक रह्यौं, एक जिम्मेवार नागरिक हुनुको अर्थ के हो भनेर बुझ्दै सबैजना आवश्यक व्यक्तिगत सरसफाइ र स्वास्थ्य नियम पालना गरेर घरमै बसिरह्यौं।

छोरी फर्केको ठीक एकसातापछिको आइतबार मलाइ शरीर हल्का दुखेको र टाउको दुखेको आभास भयो। सोमबार परिक्षण गर्न जाने योजनासहित आइतबार घरमै आराम गरेर बस्यौं।

सोमबार परीक्षण केन्द्रमा गएर करिब दुई घण्टाको पर्खाइपछि स्वाव दिएर घर फर्कियौं, खाना खाएर सुत्ने तरखरमा लाग्यौं। त्यतिबेलासम्म मेरो दुखाइ पनि अलि बढेको थियो भने कोखामा दुखाइ बढेको थियो। श्रीमती कल्पनालाई भने हल्का टाउको दुखेको बताइन्।

छोरीसँग साँझ कुरा हुँदा उनीमा गन्ध र स्वाद हराएको बताइन् र हामीमा पनि कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आउन सक्ने प्रवल सम्भावना रहेको कुरा उनले पनि बताइन्। हामीले पनि त्यही सोचेर आइसोलेट भैसकेका थियौं। हामी परिवार त एकान्तबासमा थियौं नै, सँगै बसेर खानपिन गरेको लीलाराज कार्की दाइको परिवारलाई केही नहोस् भनी आमाछोरीको कुराकानी सुने।

हाम्रो कारणबाट अरुलाई दुख नहोस् भनेर हामी झन बढी चिन्तित थियौं। लीला दाइको परिवारमा कुनै लक्षण त देखा परेको थिएन तैपनि केही नहोस भनेर प्रार्थना गर्यौं। मंगलबार विहान ११ बजे स्थानीय स्वास्थ्य सेवा विभागको ल्यावबाट इमेल आयो, जसमा हामीले सोचेंझै हाम्रो परीक्षण रिपोर्ट पोजिटिभ आयो।

दुई छोरीहरुको रिपोर्ट भने अझै आएको थिएन। हामी एक प्रकारले निश्चिन्त थियौं, हामीमा पोजिटिभ आयो, दिदीसँग हामीभन्दा बढी घुलमिल गरेका दुई बहिनीहरुको पनि रिपोर्ट त हाम्रैजस्तो आउने हो अझ माइली छोरी त सँगै सुतेकी पनि थिइन्। केही बेरपछि रिपोर्टको इमेल आयो तर हामीले सोचे विपरीत। दुई छोरीहरुको रिपोर्ट भने नेगेटिभ आयो।

हामीमा एकप्रकारको खुसी छायो। सन्तानको मायाँ कस्तो हो भने नि आफू संक्रमित छौं तैपनि नानीहरुको रिपोर्ट नेगेटिभ आएपछि छुट्टै आनन्द आयो। दिउँसो एक बजे मलाइ स्वास्थ्य व्यवस्थापन शाखाबाट फोन आयो, अहिलेसम्मको घटनाक्रमको बारेमा विविध प्रश्न सोधे। मैले पनि क्रमशः जेजे घटनाक्रम भए, सबै सविस्तार बताएँ।

पोजिटिभ रिपोर्ट आएको २ दिन अघिसम्म भेट भएका व्यक्तिहरुको नामावली र ठेगाना उपलब्ध गराउनुपर्ने नियम रहेछ तर हामीले ठूली छोरीका साथीमा संक्रमण भएको जानकारी भएसँगै क्वारेन्टाइनमा बसेको बताएपछि अधिकारीहरुले निकै प्रशंसा गरे।

तपाईंहरुको यो सजगताका कारण अरुमा सर्न पाएन, हामी एकदम खुसी छौं, शीघ्र स्वास्थ्य लाभको कामना भन्दै पोजिटिभ रिपोर्ट आएका हामी १० दिन र नेगेटिभ देखिएका छोरीहरु १४ दिन अझै घरबाहिर निस्कन नमिल्ने कुरा उनीहरुले बताए। केही समस्या भएमा पारिवारिक चिकित्सक तथा हामीलाई खबर गर्नुहोला हामी घरमै आउँछौ, तर बढी समस्या भएमा ११२ मा फोन गरेर अस्पताल जान सुझाए।

तपाईँमा रोगसँग लड्ने क्षमता होला, तपाईँले पचाउन सक्नुहोला, तर सोच्नुहोस त यदि तपाईँले सावधानी अपनाउनुभएन भने तपाईँले बोकेर लगेका भाइरसले अरुलाई मृत्युको मुखमा लैजान सक्छ।

केही आवश्यक परेमा ल्याइदिन्छाैं पनि भने तर मैले तत्कालै हामीसँग सबै छ, आवश्यक परेमा आफन्तहरु हुनुहुन्छ भन्दै धन्यवाद टक्राएँ। धेरै राम्रो व्यवस्था गर्नुभएछ भन्दै कुराकानी टुंग्याए ।

हामीलाई अधिकारीसँग कुरा भएको एक दिनअघिको सोमबार एन्टी ब्याक्टेरियल औषधि लिनको लागि चिकित्सकले बोलाएका थिए तर हामी अरुको स्वास्थ्यका बारेमा चिन्तित भएर कतै सर्ने त होइन भनेर गएका थिएनौं। हामीले ठीक गरेछौं नगएर, अरुलाई कोरोना नै त सर्दैनथ्यो होला किनकि हामीले भरपुर सुरक्षा सामग्रीको उपयोग गरेका थियौं।

यद्यपि भेट भएकाले क्वारेन्टाइनमा बस्नुपर्ने थियो। हामीले सजगता अपनाउनाले अरुलाई क्वारेन्टाइनमा बस्न परेन भन्ने कुराले पनि आफुलाई खुशी तुल्यायो। पछि छिमेकी लीला दाइले हाम्रो बीमा कार्ड लगेर हाम्रो लागि औषधि ल्याइदिनुभयो।

नानीहरुलाई कसरी घरभित्रै सम्हाल्ने भन्नेबाहेक हामीलाई खासै कुनै समस्या थिएन। कान्छी छोरी सोमाया ३ बर्षकी छिन भने माइली सुमानी ९ बर्षकी। माइली त सामान्यतया बुझ्ने भैसकिन्। परिस्थितिको बारेमा सबै बेलिविस्तार लगायौं, घर बाहिर नजान, आफ्नो केयर गर्न, हामीसँग घुलमिल नहुन भनेपछि बुझेर कोरोना नियमको परिधिभित्र रहिन्।

आजसम्म उनले कहिल्यै नगरेका क्रियाकलाप यसबेला गर्दा मेरा आँखाबाट आशुँ झरे। हामीहरुको लागि तातो पानी बनाउनेदेखि, ३ वर्षीय बहिनीलाई सुताउने, खुवाउने पिलाउने, सरसफाइ गरिदिने, कोठाहरु मिलाउने, सफा राख्ने आदि काम गरेको देख्दा मान्छेलाई परिस्थितिले बुज्झकी बनाउने रहेछ भन्ने लाग्यो।

समय र परिस्थिति नै मान्छेको सबैभन्दा ठूलो गुरु रहेछ। परेपछि मान्छेले गर्न पर्ने रहेछ भन्ने ९ वर्षीय छोरीको सो बेलाको काम गराइले मलाइ शिक्षा दियो। विचरा सानी छोरीलाई के थाहा, अवोध कान्छु बाहिर जान नपाएर, खेल्न दौडिन नपाएर पिलपिल गरेर नआऊ भन्दा भन्दै पनि हामीहरुको काखमा आएर, बाबा मामुलाई के भयो भन्दै मुई खाँदै घरभित्रै थुनिन बाध्य थिइन्।

परिस्थिति यसरी अघि बढ्दै थियो। हामीमा कोरोनालाई जित्न सकिन्छ भन्ने उच्च मनोबल भएका कारण पनि निको हुने समय कुर्दै दिनहरु बितायौं। हामीमा कोरोना लागेको छ भन्ने कुनै सोच नै राखेनौं।

यो बीचमा म सामाजिक सन्जालबाट पनि टाढा रहें। समाचारहरु हेर्ने, सुचनाहरुको जानकारी लिने काम भने सदा झैं विभिन्न अनलाइन पोर्टलहरु र टेलिभिजनबाट भैरह्यो। साथीभाइ र आफन्तजनहरुमा भाइरस संक्रमण भएको जानकारी कुनै माध्यमबाट कसैलाई गराएनौं। छिमेकी लिला दाइको परिवार, आवश्यक स्वास्थ्यकर्मीहरु र अधिकारीहरु बाहेक अरुमा संक्रमण भएको सन्देश दिइएन।

यदि फेसबुकलगायत अन्य सामाजिक सन्जालमा जानकारी गराएको भए, त्यहाँ आउने मेसेज र प्रतिक्रियाले हामीहरु विरामी पो छौं त, हामीलाई त ठूलो रोग पो लागेको रहेछ त भन्ने खालका शंका उपशंका उत्पन्न गराउन सक्थ्यो। गेट वेल सुन र टेक केयरका मेसेजको रिप्लाई दिदैंमा हामीहरु थाकेको हुने थियौं।

अर्को पाटोबाट हेर्ने हो भने, कतिजनाले चिन्ता जनाएर फोन, मेसेज गरिरहँदा उहाँहरुमा हामीहरुको कारण चिन्ता थपिदा हामीलाई नमज्जा महसुस हुने थियो। घरमा बा आमाले पनि चिन्ता गर्नुहुनेछ भनेर करिब करिब निको भैसकेको तर क्वारेन्टाइनमै रहेका बेला जानकारी गराइयो।

बा आमाले पनि निको भैसकेको सुन्दा खुसी लाग्यो भन्नुभयो। अन्य साथीभाइहरुलाई एकान्तबासबाट निस्केपछि मात्रै जानकारी दिइयो। कोरोनालाई जितेकोमा बधाइ थाप्दै गर्दा आनन्द महसुस भयो।

अब यी बीचमा के कस्ता लक्षणहरु देखा परेत भन्ने विषयमा केही चर्चा गरौं। अक्टोबर २५ मा छोरी फर्केर खबर गरेपछि नै हामीमा सजग हुनुपर्ने परिस्थिति आयो। नोभेम्बर ४ बुधबारसम्म मलाई घरी घरी पसिना आउने, हल्का टाउको तथा शरीर दुख्ने र कोखा हान्ने भएको थियो।

मैले त्यसबेला सम्म २ ओटा सिटामोल खाएको थिएँ। रुखाघोकी, स्वाद तथा गन्ध हराउने, ज्वरो आउने जस्ता कुनै पनि लक्षण मलाइ देखा परेन। ठूली छोरीमा भने टाउको दुख्ने, खोकी लाग्ने, हल्का ज्वरो, गन्ध र स्वाद हराउनेजस्ता लक्षण देखिए।

श्रीमती कल्पनालाई भने हल्का टाउको दुखेको हो कि भनेजस्तो मात्रै लक्षण देखियो, एउटा सिटामोल पनि लिनु परेन उनको हकमा कोरोना केवल कागजमा मात्र सिमित थियो। अन्य दुई छोरीहरुमा कुनै लक्षण पनि थिएन र कोरोना पोजिटिभ पनि देखिएन।

तर बिहीबार मलाइ अलि बढी नै देब्रे कोखो दुखेपछि चिकित्सकलाई फोन गरें। र एउटा Asprin खानु ठीक नभए भोलि आउनु, हामी पीपीई लगाएर तयारीका साथ बस्छौं भनी खबर गरे। चिकित्सकको सल्लाह अनुसार ब्कउचष्ल खाएँ। भोलिपल्ट कोखो दुख्न हरायोे, अस्पताल जानु परेन, शरीर दुख्न छाड्यो।

तर, हल्का खोकी शुरु भयो, केही बेला अलि गाह्रो नै भयो, श्वासप्रश्वासमा अलि अप्ठेरो भएको आभास भयो तर सबै सहन सक्ने खालकै थियो। सप्ताहन्त भएकाले र सहन सक्ने भएकाले अस्पताल गइनँ, गाह्रो भइरहेमा सोमबार जान्छु भन्ने योजना बनाएँ। तर सोमबारसम्ममा स्वास्थ्यमा निकै सुधार भैसकेको थियो, शरीर चंगा भएको आभास भएको थियो।

स्वास्थ्य सेवा निकायले भनेको १० दिनमा हामी फेरि परिक्षणका लागि स्वाब दिन गयौं। हामीमा नेगेटिभ देखियो। तर छोरीहरु ४ दिन अझै निस्कन नहुने भनेकाले हामी पनि अझै क्वारेन्टाइनमा रह्यौं ।

१४ दिनपछि २ छोरीहरुको स्वाब परीक्षण गरियो। तर कुनै केही लक्षण नभए पनि ३ बर्षकी कान्छी चैं छोरीमा रिपोर्ट पोजिटिभ आयो। यद्यपि नौ बर्षकी माइली छोरीको भने फेरि पनि नेगेटिभ नै आयो। सानी छोरीको पोजिटिभ आएपनि उनमा भाइरस लोड भने कम रहेछ।

ल्याबको टेक्निकल भाषामा भन्नुपर्दा भाइरस लोड कम भएमा संक्रमित भएपनि अरुमा नसर्ने रहेछ। र संक्रमितलाई पनि धेरै क्षति नगर्ने रहेछ । तैपनि कान्छुको कारण फेरि हामी १० दिन घरमै रहने भयौं। यसरी हाम्रो लामो समय आइसोलेसनमा वित्यो । अहिले हामी सबै भाइरस मुक्त भैसका छौं।

हामीले आइसोलेसन बसाइका बखत नियमित मन तातो पानी, च्याउको सुप, फलफुल, हरिया तरकारी साथमा माथि उल्लेख गरेका केही औषधिहरु सेवन गरेँ। केही मात्रामा अदुवा, बेसार पानी पनि खायौं तर धेरै खानु पनि नहुने रहेछ।

हामीले कोरोनालाई ख्यालख्याल सोच्न हुन्न, सजग र आत्मबल दह्रो बनाएर त आज हामीले कोरोना जित्न सक्यौं। हामीमा यो त एक शारीरिक समस्या हो तर एकान्तमा हुँदा हामी कतिपयले धेरै सोच्नाले मानसिक समस्या आउन सक्छ।

मान्छेमा देखिने शारीरिक समस्याभन्दा मानसिक समस्या हजारौँ गुणा खतरनाक हुन्छ। त्यसैले आइसोलेसनमा बस्दा दिमागमा धेरै कुराहरू खेल्ने भएकोले आफ्नो दिमागलाई नियन्त्रणमा राख्नुपर्ने रहेछ। यस्तो समयमा दिमाग धेरै चलाउने, जे पायो त्यही सोच्ने बानी गर्नु हुँदैन। व्यायाम गर्ने, झ्यालबाट हावा लिने, आफन्तहरुसँग कुरा गर्ने तर बढी समय मोबाइल र इलेक्ट्रोनिकल सामग्रीहरु नचलाउने, पुस्तकहरु अध्ययन गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने आदि गनुपर्ने रहेछ।

मान्छेले चाहेर र नचाहेर भाइरस आक्रमण हुने हैन, खै कताबाट कसरी आकस्मिक रुपमा सामान्य जीवनशैली बिताइरहेका बेला यसरी भाइरसको प्रवेश हुँदो रहेछ। अहिले कतिपयलाई कोरोना त केही हैन भन्ने खालको लागिरहेको छ, यो एकदम गलत बुझाइ हो। फेरि यो लागेपछि सर्वस्व नै सकियो, अब म सक्किएँ भन्ने पनि हैन।

यसलाई सावधान र सजग भएमा पार लगाउन कठिन पनि नहुने रहेछ। तर यो भाइरसको क्षमता केही छ र त आज विश्वले महामारी खेपिरहेको छ, सबैतिर बन्द छ, विश्व त्रसित छ, विज्ञानले सहजै निकास दिन सकिरहेको छैन। खैर पछिल्लो समय जर्मन र अमेरिकन कम्पनीहरुले खोप निकालेको दावी गरेका छन्, त्यो जनमानसमा आउन अझै केही महिना अवश्य लाग्छ।

यो जति सामान्य छ अर्को पाटोमा त्योभन्दा बढी घातक पनि हुन सक्छ। रोग प्रतिरोधात्मक क्षमता बढी भएका अर्थात् इम्यूनिटी पावर बढी भएकाहरुले केही सावधानी अपनाएमा यसलाई सामान्य तरिकाले पार लगाउन सकिने रहेछ। तर यसैको विपरीत दीर्घ रोगी, इम्यूनिटी पावर कम भएका, जेष्ठ नागरिकहरु, शारीरिक समस्या भएकाहरुलाई यो भाइरसले समातेमा उम्कन मुस्किल पर्न सक्छ अर्थात यो घातक छ ।

हामी युवावर्ग, इम्यूनिटी क्षमता छ भन्ने ठान्नेहरुले नै फेरि ती जोखिम समूहका मानिसहरुमा यो रोग सारिरहेका हुन्छौं। हामी सचेत र सावधान नहुनाले कति हाम्रा आफन्त, बा आमा, हजुरबा, हजुरआमा गुमाउन परिरहेको हुन्छ। यसको जिम्मेवार तपाई हामी सबै हो।

तपाईँमा रोगसँग लड्ने क्षमता होला, तपाईँले पचाउन सक्नुहोला, तर सोच्नुहोस त यदि तपाईँले सावधानी अपनाउनुभएन भने तपाईँले बोकेर लगेका भाइरसले अरुलाई मृत्युको मुखमा लैजान सक्छ। यसकारण हामी सबै सजग र सचेत भएर हातमा हात, काँधमा काँध मिलाएर रोगविरुद्ध लड्न सावधानीसाथ अघि बढ्नुपर्छ।

डा. अधिकारी जर्मनी स्थित Bayreuth विश्वविद्यालयसँग आवद्ध छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *