महिलाको शव फेला

डिसी नेपाल
३० वैशाख २०८३ २१:४४

राजविराज (सप्तरी)। एकहप्ता अगाडि बेपता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुलाकी ३६ वर्षीया अनितादेवी रायको आज शव गाडिएको अवस्थामा फेला परेको छ।

सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार गत सातादेखि बेपत्ता भएकी रायको शव सोही गाउँपालिका–५ स्थित कोशी नदी किनारमा सडेको अवस्थामा फेला परेको हो। मृतकको शव हातखुट्टा र घाँटीमा डोरीले ढुङ्गा बाँधेर पानीमा डुबाएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए।

यही वैशाख २४ गते राति छिमेकीको छोराको विवाहमा घरका अधिकांश सदस्य जन्ती गएको मौका छोपी अनिता देवीलाई पाँच/छ जनाको समूहले घरबाटै जबर्जस्ती अपहरण गरी लगेको स्थानीयवासीको भनाइ छ।

परिवारका सदस्यहरुले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। खोजतलासका क्रममा उनको शव क्षत्विक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *