स्वास्थ्यमन्त्रीसँग विभिन्न दातृ निकायका प्रतिनिधिको छलफल
काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग विभिन्न दातृ निकायका प्रतिनिधिहरूले भेटघाट गरेका छन्।
आज मन्त्रालयमा मन्त्री मेहताले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) र अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सङ्घका प्रतिनिधिसँग भेटघाट गरेकी हुन्।
सो अवसरमा मन्त्री मेहताले सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य प्रणालीको डिजिटाइजेसन र अस्पताललाई कागजरहित बनाउन युएनडिपीले प्राविधिक सहयोग गर्ने सरकारको अपेक्षा रहेको बताइन्।
उनले नेपालको स्वास्थ्य सेवालाई आधुनिक, पारदर्शी र जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्न दातृ निकायको सहयोग रहने विश्वास व्यक्त गरे।
भेटमा युनडिपीका प्रतिनिधिले स्वास्थ्य क्षेत्र, सार्वजनिक खरिद प्रणाली र ग्लोबल फण्डका कार्यक्रममा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ। सो अवसरमा रक्तदान सेवा, एम्बुलेन्स सेवा, आँखा उपचार सेवा, मानसिक स्वास्थ्य सेवा, जलवायु परिवर्तन तथा स्वास्थ्यजस्ता विषयमा सरकारसँग सहकार्य गरिरहेको र यसलाई अझ प्रभावकारी बनाउन सकिने विषयमा छलफल भएको थियो।







डिसी नेपाल







Facebook Comment