राजावादीकाे प्रदर्शन बढेपछि काठमाडौं प्रशासनले भन्यो- सभा, जुलुस र प्रदर्शन नगर्नू

डिसी नेपाल
१६ मंसिर २०७७ १५:२९
108
Shares

काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताका मागलाई सम्बोधन गर्न नसकेको भन्दै केही दिनदेखि राजावादी अभियानकर्ताहरुले राजाको पुर्नवहालीको माग राख्दै देशका विभिन्न सहरमा आन्दोलन गरिरहेका छन्।

यसै क्रममा सोमबार उनीहरूले काठमाडौंमा पनि प्रदर्शन गरेका थिए। राजावादीले जुलुस गर्न थालेपछि अनावश्यक भीड गरेको ठहर गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ। त्यसैलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार चेतावनी युक्त विज्ञप्ति जारी गरेको हो।

कोरोना महामारीका बेला भीडभाड हुने कुनै पनि गतिविधि नगर्न सरकारले लागू गराएको स्वास्थ्य मापदण्डविपरीत जिल्लामा सभा, जुलुस भइरहेकोमा काठमाडौं प्रशासनले त्यसो नगर्न र नगराउन विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

प्रशासकीय अधिकृत कमलप्रसाद पनेरुले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै : सभा, जुलु, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहररू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमको भएको साथै स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन, २०२० को विपरीत हुने भएकाले त्यस्ता भीडभाडजन्य गतिविधिहरू नगर्नरनगराउन साथै महामारी रोकथाममा सहयोग पुर्याउन हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ।’

चेतावनी दिँदै अगाडि भनिएको छ-माथि उल्लेख भएबमोजिमको क्रियाकलाप गरे/गराएको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने व्यहोरासमेत सबैमा जानकारी गराइन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *