नेकपा सचिवालयमा दुई अध्यक्षका प्रस्तावमाथि छलफल शुरु
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि फेरि बस्नेगरी सकिएको छ । बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठक भोलि (बुधबार) दिउँसो १ बजे फेरि बस्ने उनले बताए।
नेकपामा पछिल्लो समय प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच औपचारिक बैठक बाहेक संवाद नभएको दुई हप्ता बढी भइसकेके छ। दुवै अध्यक्ष आफ्नो नजिकका नेतामार्फत सन्देश आदानप्रदान गर्छन्।
कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीलाई लक्षित गर्दै विभिन्न आरोपसहितको प्रतिवेदन प्रस्तुत गरेपछि प्रचण्डप्रति ओली क्रुद्ध छन्। प्रचण्डको प्रतिवेदनको जवाफ ओलीले मंसिर १३ गते बसेको सचिवलाय बैठकमा दिएका छन्।
आजको बैठकमा अध्यक्षद्वयले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए । भोलिको बैठक बस्नु पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच संवाद अगाडि बढाउने निर्णय भएको श्रेष्ठले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment