वैदेशिक रोजगारमा जानेले विभागमा बुझाउनु पर्ने रकम अनलाइनबाट बुझाउन सकिने

डिसी नेपाल
१७ मंसिर २०७७ १०:४३
92
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले म्यादी जीवन वीमा र कल्याणकारी कोषमा अनलाइनबाट रकम जम्मा गर्न सकिने बताएको छ। एक सूचना जारी गर्दै विभागले इसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिमार्फत सन लाईफ इन्सुरेन्स कम्पनीले जारी गर्ने म्यादी जीवन वीमाको रकम अनलाईबाट जम्मा गर्न सकिने बताएको छ।

वैदेशिक रोजगार विभागले सूचनामा भनेको छ, ‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम विद्युतीय माध्यामबाट समेत भुक्तानी लिई सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने योजना बमोजिम हाल अनलाईन प्रणाली मार्फत भुक्तानि गर्न सकिने व्यवस्था मिलाइएको सबैलाई जानकारी गराईन्छ।

यसरी अनलाईन प्राणिलबाट रकम भुक्तानी गर्दा सेवा ग्राहीले कुनै पनि थप शुल्क तिर्न नपर्ने गरी व्यवस्था मिलाएको समेत विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *