सिरहामा प्रचण्डले गरे विज्ञान तथा प्रविधि प्रदर्शनी र विद्यालय भवन उद्घाटन
सिरहा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिरहामा भव्य स्वागत गरिएको छ।
अध्यक्ष प्रचण्डले बिहीबार सिरहाको मिर्चैयास्थित श्री मोहन माध्यमिक विद्यालयमा आयोजित विज्ञान तथा प्रविधि प्रदर्शनी एवं विद्यालय भवन उद्घाटन कार्यक्रममा सहभागी हुँदै प्रदर्शनीको अवलोकन तथा विद्यालय भवनको उद्घाटन गरेका छन्।
कार्यक्रममा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न सिर्जनात्मक सामग्री तथा प्रयोगात्मक नमुना प्रस्तुत गरेका थिए। प्रदर्शनीले विद्यार्थीहरूमा रहेको प्रतिभा, सिर्जनशीलता र वैज्ञानिक सोचलाई उजागर गरेको आयोजकले जनाएको छ।
विद्यालय भवनको उद्घाटनसँगै विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
सिरहा भ्रमणका क्रममा अध्यक्ष प्रचण्डलाई स्थानीयस्तरमा भव्य स्वागत गरिएको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षा, विज्ञान तथा प्रविधिको विकाससँगै स्थानीय क्षेत्रका समसामयिक विषयमा समेत चासो व्यक्त गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment