नेकपा विवादः तिक्ततापूर्ण बन्दै सम्बन्ध, प्रधानमन्त्री सहभागी नहुने बैठकले के गर्ला ?

डिसी नेपाल
१७ मंसिर २०७७ ११:०३

काठमाडौं। सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज पनि बस्दैछ। तर बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन्।

मंगलबार बसेको सचिवलाय बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल सुरु भएपनि ओली प्रचण्डबीच भनाभन भएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जानकारी दिएको छ।

मंगलबारको सचिवलाय बैठक तिक्ततापूर्ण भएपछि बुधबारका लागि बैठक सर्वसम्मत समेत तोकिएको होइन। प्रधानमन्त्री तथा अध्यक्ष ओलीले बैठक नराख्न भन्दाभन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको बैठक तोकेका थिए।

मंगलबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव नै विधि विपरित आएको र लाञ्छानाको पुञ्ज भएको भन्दै त्यसमा छलफल नै गर्न नमिल्ने बताएका थिए भने अन्य ७ जना सदस्यहरुले छलफल हुने बताएका थिए।

प्रचण्ड–माधव समूह आक्रामक रुपमै अगाडि बढेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई कुनै पद त्याग गर्न लगाउने निक्र्यौलमा पुगेकाले नेकपाके बुधबारको बैठक सहज नहुने देखिएको नेकपा नेताहरुले बताएका छन्।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘पार्टीको विधानसम्मत बैठकमा प्रधानमन्त्री जानु हुन्छ, विधान विपरित हुने बैठकमा जाने कुरा नै भएन।’ ओली समूहले प्रचण्डको प्रस्तावलाई नै अवैध भन्दै आएको छ। तर, प्रचण्ड समूह सोही प्रस्तावका आधारमा निर्णय गर्ने तयारीमा पुगेका छन्।

बिहीबारका लागि पार्टी स्थायी कमिटी बैठक तय गरिएको छ। बुधबार दिउँसोसम्म स्थायी कमिटी स्थगितको सूचन जारी गरिएको छैन। बुधबार बस्ने सचिवालय बैठकले लिने निर्णयले बिहीबारका लागि तोकिएको स्थायी कमिटी बैठकलाई प्रभावित पार्ने देखिएको छ।

बुहमतका अधारमा प्रचण्ड समूहले स्थायी कमिटीमा राजनीतिक प्रस्ताव लैजाने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको प्रेस संयोजक रामशरण बजगाईँले विधानसम्म रुपमा बैठक नबोलाएसम्म प्रधानमन्त्री बैठकमा सहभागी नहुने बताए। नेकपा विधानमा दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक बोलाउने प्रावधान छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *