जन्ती बोकेको जीप दुर्घटना : बेहुला बेहुलीसहित १३ जना घाइते

डिसी नेपाल
१८ मंसिर २०७७ ८:४९

काठमाडौं। कैलालीको गोदावरीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु.प.प्र ०१००१ ज.१२५४ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका वडा नम्बर ६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन्।

जिप चालक पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षीय वीरबहादुर सार्की गम्भीर घाइते भएका छन् अन्य घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका ३ का २१ वर्षीय राजु पार्की, कृष्णपुर नगरपालिका ३ का २६ वर्षीय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी रहेका छन्।

बेलौरी नगरपालिका ३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी वर्ष २५ की राधा चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *