नेकपा विवाद : प्रचण्ड लचक बन्ने संकेत, मिलनबिन्दुको खोजी

डिसी नेपाल
१९ मंसिर २०७७ ११:३७

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्किएको विवादले पार्टी विभाजनकै जोखिम बढेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चलक बन्ने संकेत देखिएको छ।

गएको कात्तिक २५ बाट दुई अध्यक्षबीच भेटसमेत नभएको परिस्थितिमा विवाद झन बढेर गएपछि दुई अध्यक्षबीच वार्ताका लागि वातावरण बनाउने कसरत भइरहेको छ। ओली निकटका नेताहरुले प्रचण्डलाई वार्तामा फर्काउने प्रयास गरिरहेका छन् भने प्रचण्डले पनि वार्तामा फर्किने संकेत गरेका छन्।

बिहीबार भएका तीनवटा महत्वपूर्ण भेटघाटले प्रचण्ड पार्टीको विवाद वार्ताकै माध्यमबाट समाधान गर्ने तहमा पुगेको नेकपा नेताहरुले बताएका छन्। बिहीबार प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर छलफल गरेका छन्।

प्रचण्ड निवास खुमलटारमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र महासचिब विष्णु पौडेलसँग छुट्टाछुट्टै भेट गरेका थिए। यी भेटले दुई अध्यक्षबीच बढेको तिक्ततालाई कम गर्न काम गरेको बुझिएको छ। नेम्वाङले प्रचण्डसँगको भेटबारे भने, ‘हामीबीच लामो कुराकानी हुन पाएन। मैले उहाँ (प्रचण्ड) सकरात्मक रहेको पाएँ।’

प्रचण्डले दुबै अध्यक्ष आ आफ्ना हठमा रहँदा पार्टी दुर्घटनामा पर्ने भन्दै वार्ताकै माध्यमबाट सहमति खोज्ने मनस्थितिमा पुगेका छन्। १७ मंसिरको सचविालय बैठकमा ओली अनुपस्थित भएपछि २० गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो।

स्रोतका अनुसार प्रचण्डले दुबै अध्यक्ष आ आफ्ना हठमा रहँदा पार्टी दुर्घटनामा पर्ने भन्दै वार्ताकै माध्यमबाट सहमति खोज्ने मनस्थितिमा पुगेका छन्। १७ मंसिरको सचविालय बैठकमा ओली अनुपस्थित भएपछि २० गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो।

यो तीन दिनको समयलाई सहमतिका लागि उपयोग गर्ने दुबै समूहले बताएका थिए। ओली समूह शनिबारको सचिवालय बैठक सार्न प्रयासमा रहेको छ। हालसम्म सो बैठक सार्ने विषयमा प्रचण्ड तयार भइसकेका छैनन्। तर, अन्तिमसम्म पनि बैठक सारेर सहमतिको पहल गर्ने प्रयास भने जारी रहने देखिन्छ।

शनिबारको बैठक स्थगित भए, विवाद सहमतिमै समाधान हुने दिशामा अगाडि बढ्ने नेकपा नेताहरुले बताएका छन्।  प्रचण्ड लचक बनेपछि मिलनबिन्दु के हुने भन्ने विषयमा भने स्पष्ट भइसकेको छैन। दुबै समूहले मिलनबिन्दुको खाकासमेत प्रस्ताव गरिसकेका छैनन्।

प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले त्याग गर्नुपर्ने भनिएको छ भने ओलीले पेस गरेको जवाफी प्रतिवेदनमा त्याग नहुने स्पष्ट पारिएको छ। त्यसैले नयाँ मिलनबिन्दुको खोजी हुनुपर्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *