गृह मन्त्रालयले सबै प्रदेशको अनुगमन गर्ने

डिसी नेपाल
१९ मंसिर २०७७ १७:५६

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा’बादल’ले गृहमन्त्रालय मातहतका निकायको कामकारबाहीको अनुगमनलाई अब तिब्रता दिइने बताएका छन्। गृहमन्त्रालयमा आर्थिक वर्ष २०७७–७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मातहतका कामकारबाहीको अनुगमन तिब्र पारिने बताएका हुन्।

उनले अनुगमन गर्नु भनेको पनि एक प्रकारले काम गर्न सहयोग गर्नु हो भन्दै गृहमन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवहरुको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली समेत गठन गरेको जनाएका छन्।

कार्यक्रममा गृहमन्त्रीले कोरोना लगायतका कारण प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको भन्दै आगामी दिनमा कामकारबाहीलाई तिव्रता दिन निर्देशन दिए। “कतिपय कामका लागि छुट्टयाइएको बजेटको उपयोग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियो , प्रथम चौमासिकको समिक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमिकमजोरी निराकरण गर्दै योजना बनाउनुहोस् ,“ उनले भने।

गृहमन्त्री थापाले विकास र समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको भन्दै सोही अनुरुप योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए। बैठकमा गृह मन्त्रालयअन्तर्गतका नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग,राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायतका निकायले आफ्नो प्रथम चौमासिकको कार्यप्रगति विवरण पेश गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *