बामदेवको पुरानो तस्वीर फेसबुकमा सेयर गर्दै सूर्य थापाले भने, ‘को कस्तो हो ?’
काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार विहानै एउटा फोटो फेसबुकमा पोष्ट गरेका छन्। उक्त फोटो नेकपाका उपाध्यक्ष वामदेव गौतम हो। गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदाको फोटो हो।
२०७० को निर्वाचनपछि तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा बाटोमा गाडी रोकेर ट्राफिक नियम उलंघन गर्दै बाटो काट्दै गर्दाको हो। उक्त फोटो पोष्ट गर्दै थापाले लेखेका छन्, ‘को कस्तो ? तस्वीर काफि छ।’
पार्टीका उपाध्यक्ष वामदेव गौतमले शनिवार बसेको सचिवालय वैठकमा सूर्य थापालाई हटाउन माग गरेका थिए। गौतमले सूर्य थापाले पार्टीलाई हानी गरेकोले उनलाई हटाउनु पर्ने माग गरेका थिए।
गौतमले हटाउने माग गरेपछि सूर्य थापाले उक्त फोटो पोष्ट गरेका हुन्। थापा नेकपाको प्रचार विभाग उपप्रमुख समेत रहेका छन्। यद्दपी, दुवै जना प्युठान कै हुन्। अहिले उक्त स्टाटस थापाले डिलिट गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment