नेकपाः ओली बैठकमा गएनन, ईश्वर पोखरेलमार्फत पठाए चिठी, २८ गतेसम्म बैठक स्थगित

डिसी नेपाल
२१ मंसिर २०७७ १५:४९
316
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति बिना नै स्थायी कमिटी बैठक बसेको छ। बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा दुबै अध्यक्षको प्रस्ताव, पत्रहरु र अन्तर पार्टी निर्देशन स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिएको छ। ती दस्तावेज अध्ययनका लागि ७ दिनको समय दिने निर्णय भएअनुसार अर्को बैठक मंसिर २८ गते बस्ने निर्णय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनले २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिकटी बैठक पुस ५ गतेका लागि तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनका अनुसार

आइतबार बैठकको शुरुमै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पठाएको पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए।

ओलीले पत्रमा प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा आउन नसकिने उल्लेख गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *