लोकसेवा आयोगको साइट ह्याक गर्ने तीनजना पक्राउ
सांकेतिक तस्वीर-
काठमाडौं। लोकेसेवा आयोगको साइट ह्याक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनीहरुलाई कास्कीबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका ९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवाहरु रहेको ब्युरोले जनाएको छ। उनीहरुमाथि साइट ह्याक गरेर गलत सूचना सम्प्रेषण गरेको आरोप लगाइएको छ।
‘आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाई गलत सूचना प्रवाह गरेको देखिएको छ यसबारे हामी अनुसन्धान गरिहेका छौ’, व्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले भने। लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान सुरु गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment