सर्वदलीय बैठक बस्नु अघि बालुवाटारमा मन्त्रिपरिषद बैठक
काठमाडौं। मन्त्रिपरिषद बैठक बालुटारमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सर्वदलीय बैठक बोलाएका छन्। सर्वदलीय बैठक अगाडि मन्त्रिपरिषद बैठक बसेको हो।
‘यो नियमित बैठक हो,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ।’
विगत केही दिनदेखि राजतन्त्रको पक्षमा सडक प्रदर्शन हुन थालेपछि प्रधानमन्त्री ओलीले सो विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment