दश मिनेट बसेकाे मन्त्रिपिरषद बैठकद्वारा नेपाली सेनामा बढुवा

डिसी नेपाल
२३ मंसिर २०७७ १२:२६
2.9k
Shares

काठमाडौं। सोमबार नै मन्त्रिपरिषद बैठक बस्ने तयारी थियो। तर अन्तिम अवस्थामा आएर रोकियो। सोमबार स्थगित भएको बैठक मंगलबार मात्र दश मिनेट बस्यो। त्यसअघि नै मंगलबार विहान ११ बजे सर्वदलीय बैठक बस्ने तय भइसकेको थियो।

तर दश मिनेट बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकका विषयमा केही पनि जानकारी गराएनन् नत मन्त्रीहरुले नै सोध्ने चेस्टा गरे।

सर्वदलीय बैठकमा जानुपर्ने भएकाले यसअघि जस्तो प्रधानमन्त्री ओलीले बैठकमा लामो भूमिका नबाँधी सिधै बैठकका एजेण्डामा प्रवेश गरे।
मन्त्रिपरिषद बैठकले नेपाली सेनाका महासेनानी सोवितबहादुर अधिकारीलाई सहायक रथी दर्जामा मनार्थ बढुवा गर्ने निर्णय गरेको छ।
अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दियो।

यसैगरी बैठकले नेपाली सेनाका प्रमुख सेनानी सगुन शम्शेर जबरा र सेनानी दयानन्द जोशीलाई अवकाशपूर्व विशेष बढुवा गर्ने निर्णय पनि गरेको छ। जबरा प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका छन् भने, जोशीलाई सेनानीबाट प्रमुख सेनानीमा बढुवा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *