नारायणकाजी विवादमा तानिएको याम्बालिङ हाइड्रोले के भन्यो ?
फाइल फाेटाे।
काठमाडौं। नेकपा केन्द्रीय सदस्य तथा पूर्व राजदुत कमानसिंह लामाको बुधबार निधन भएपछि लेनदेनको विषयलाई लिएर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा तानिएका छन्। एक समाचार माध्यमले उनको र स्वर्गीय लामाको अडियो भिडयो सार्वजनिक गरेको छ। जसमा आर्थिक लेनदेनको कुरा सुन्छि तर स्पष्ट हुँदैन।
यहि विषयलाई लिएर बिहीबार याम्बालिङ हाइड्रो पावर लिमिटेडले विज्ञप्ति जारी गरेको छ। नाम उल्लेख नगरी कम्पनीको अध्यक्षका तर्फबाट जारी गरिएको सो विज्ञप्तिमा स्वर्गी लामा र उनकी कान्छी श्रीमती इन्द्रमाया तामाङ सञ्चालक रहेको याम्बालिङ हाइड्रो पावर कम्पनी आर्थिक संकटमा परेपछि आफूहरुले कम्पनी टेक ओभर गरेको बताइएको छ। र सो प्रकणमा नारायाणकाजीको कुनै संलग्नता नरहेको उल्लेख गरिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment