धादिङबाट काठमाडौं ल्याउँदै गरेको ५० किलो चरेशसहित एकजना पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। धादिङबाट काठमाडौतर्फ ल्याउँदै गरेको ५० किलोग्राम चरेशसहित एक जना पक्राउ परेका छन्। धादिङको गल्छी गाउँपालिका ८ बस्ने ३५ बर्षीय दिपक मगर ‘पोल्याण्ड’ ५० केजी चरेशसहित पक्राउ परेका हुन्।
सो लागुऔषध काठमाडौतर्फ विक्री गर्ने उदेश्यले ल्याउँदै गरेको अवस्थमा सशस्त्र प्रहरीको विशेष इन्टेलिजेन्स ब्यूरोले शनिबार अबेर ९ बजेतरि मगरलाई पक्राउ गरेको हो। लागुऔषधसँगै एउटा मोटरसाइकल र एउटा मोबाइल पनि बरामद गरेको गरेको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले ५० केजी चरेशसहित मगरलाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाइएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment