वायु सेवा निगमको नयाँ १० वर्षे एकीकृत व्यावसायिक योजना, ४ बर्षमा फाइदामा लैजाने लक्ष्य

डिसी नेपाल
२९ मंसिर २०७७ १७:३६
176
Shares

काठमाडौं। नेपाल वायुसेवा निगमले १० वर्षे एकीकृत व्यावसायिक योजना प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेल नेतृत्वको टोलीले सोमबार हाल घाटामा रहेको निगमलाई फाइदामा पुर्याउने गरि सन् २०२१ देखि २०३० सम्मको व्यवसायिक योजनाबारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईलाई बुझाएको हो। योजना प्रतिवेदनमा निगमको वित्तिय अवस्था, बजार विश्लेषण, कोभिड–१९ ले निगममा पारेको असर, नेपाल सरकारबाट गरिएको अपेक्षालगायतका विषयवस्तुलाई सुक्ष्मरुपमा उल्लेख गरिएको छ।

सो योजनामा निगम शुरुका तीन वर्ष नोक्सानै रहने भए पनि सन् २०२४ वाट नाफामा जाने र २०३० मा ५ अर्ब ३० करोड मुनाफा हुने प्रक्षेपण गरिएको छ।

उक्त कार्ययोजना अनुसार अघि बढ्दा सन् २०२१ मा वार्षिक २३ अर्व ७६ करोड खर्च हुने र प्रत्येक वर्ष ९ प्रतिशतले खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ।

यस्तै निगमले २०२४ बाट नाफामा जानका लागि अन्तर्राष्ट्रिय उडानतर्फ सिड्नी, कोलम्बो, संघाई, इन्डोनेसिया, रियादलगायत ८ नयाँ गन्तव्य थप्नुपर्ने भन्दै ती नयाँ गन्तव्यमा सेवा दिन न्यारो वडी ४ वटा र वाइड बडी २ वटा गरी ६ जहाज आवश्यक पर्ने जनाएको छ।

प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सुशासन र चुहावट नियन्त्रणलाई कडाइका साथ पालना गराउन नेपाल वायुसेवा निगमको नेतृत्वलाई निर्देशन दिएका छन्।भट्टराईले त्यहाँभित्रको सुशासन र चुहावट नियन्त्रणजस्ता काम भएका सरकारले राष्ट्रिय ध्वजावाहक हुनुको नाताले निगमलाई सहुलियत प्रदान गर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *