नेपाल र अमेरिकाकाबीच टिफाको पाँचौ बैठक मंगलबार, यस्ता छन छलफका विषय
काठमाडौं। नेपाल र अमेरिकाकाबीच व्यापार तथा लगानी सम्झौता परिषद् (ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट काउन्सिल, टिफा)को पाँचौ बैठक बस्दै छ।
मंगलबार भर्चुअल माध्यमबाट हने बैठक नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुने छ। बैठकमा नेपालको तर्फबाट वाणिज्य सचिव बैकुण्ठ अर्यालले नेतृत्व गर्दैछन।
यसपटकको भर्चुअल बैठकमा पनि व्यापार बढाउन भन्सार सहजीकरण, निर्यातमा प्राविधिक सहायता, बजार पहुँच र व्यापारमा अवरोध, नेपालमा लगानी र विश्व मूल्य श्रृंखलामा स्वदेशी उद्योगलाई जोड्ने, सेवा र लगानी नीति बैठकका मुख्य एजेन्डा राखिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
मंगलबारको बैठकमा विषेशगरी ५ वर्षअघि अमेरिकाले निर्यातका लागि ७७ वस्तुमा भन्सार छुट दिएकोमा त्यसको समीक्षा र कार्यान्वयनका लागि छलफल केन्द्रित हुनेछ।
छुट पाएकामध्ये नेपालबाट ब्याग प्रयोजनका उत्पादन, फ्लोर कभरिङका उत्पादन, सल, ब्लांकेट, विभिन्न रेशाका उत्पादन, शीरपोससम्बन्धी वस्तुहरू निर्यात हुने गरेका छन्।
नेपाल र अमेरिकाबीच सन् २०११ मा टिफामा हस्ताक्षर भएको थियो। हरेक वर्ष आलोपालो दुवै मुलुकमा बैठक बसेर उपलब्धि समीक्षा तथा समस्या समाधान गर्ने सम्झौतामा उल्लेख छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment