बाबुरामको टिप्पणी ‘निम्छरा संवैधानिक आयोगमा ओली परिषद्ले ओलीका खल्तीका नामले भरेपछि कस्तो बन्लान’

डिसी नेपाल
३० मंसिर २०७७ १७:०६
72
Shares

काठमाडौं। सरकारले अकस्मात अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारीको नियुक्ती गर्ने तयारी गरेपछि नेपाली राजनीति तरंगित बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली इतरका सबैले मंगलबार अकस्मात रुपमा जारी गरिएको अध्यादेशको आलोचना गरेका छन्।
यसैक्रममा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन्। उनले तीनजनाको ओली परिषदले ओलीको खल्तीबाट ल्याएका नामले आयोग भरिए त्यसले काम गर्न नसक्ने बताएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘त्यसै त निम्छरा संवैधानिक आयोग,अब अध्यादेश मार्फत बनेको तीनजनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्रु त्यत्रो वलिदान मार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त ? अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाऊँ।’

डा. भट्टराईले प्रधानमन्त्री ओलीले अर्को विनाशकारी अध्यादेश ल्याउनसक्नेसमेत चेतावनी दिएका छन्। सत्तारुढ नेकपामा चर्केको विवादलाई लिएर प्रंधानमन्त्री ओलीले दल विभाजन सजिलो पार्ने गरी अध्यादेश ल्याउने चर्चा भइरहेका बेला डा. भट्टराईले विनाशकारी अध्यादेशको प्रसंग ल्याएका हुन्। उनले छिटै संसद अधिवेशन बोलाउनुपर्नेसमेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.